eNepal

भानु जयन्ती बिशेष कार्यक्रमको लागि उपन्यास सेतो धर्तीका रचायीता अमर न्यौपाने मेल्बोर्न आउँदै

image

नेपाली साहित्यको बिधामा अमर न्यौपाने कुनै नौलो नाम रहेन अब। युवा आख्यानकार अमर न्यौपाने आदि कवि भानु भक्त आचार्यको २०३औं जन्म जयन्तीको अबसर पारेर अहिले अस्ट्रेलीयाका बिभीन्न शहरहरुमा भईरहेको साहित्यीक जमघटमा ब्यस्त हुनुहुन्छ।यसै क्रममा मेल्बोर्नमा हुने भानु जयन्ती बिशेष कार्यक्रमको लागि अमर न्यौपाने आगामी १७ जुलाई आईतबारका दिन आउँनु हुँदैछ।

बिगबेली रेस्टुरेन्टमा हुने बिशेष कार्यक्रममा स्थानीय साहित्यमा रुची राख्ने महानुभावहरुले पनि आफ्ना लेख रचना प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

अमर न्यौपानेको पानीको घाम पहिलो आख्यान हो जसले २०६६ को पद्मश्री साहित्य सम्मान पाउन सफल भएको थियो।त्यस्तै गरेर २०६७ मा बालकथा सङ्ग्रह कलिलो मनले पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो। प्रसिद्ध उपन्यास सेतो धर्तीका लेखक अमर न्यौपानेले यहि उपन्यास बापत मदन पुरस्कार र रामराज पन्त समृति पुरस्कार हात पार्नु भएको थियो। हालचालै मात्र उहाँद्वारा लेखिएको उपन्यास करोडौ कस्तुरी बजारमा आएको छ।
यो कार्यक्रम साहित्य तथा सङ्गीत भिक्टोरीयाले आयोजना गर्न लागेको हो।

image

 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal