eNepal

मानिस भित्र ,बाहिर प्रकृतिको मधुमाझमा रमेको काठमाडौं

अशोक बहादर टण्डन

जेठ १३ गते बुधबार

कोरोना भाइरस (कोभीड १९) महामारीको कारण अहिले बिश्वको  आम जनजिबन कष्टगर बन्दै गएको छ, हालसम्म लाखौ ज्यान गुमाउनु परेको छ, लाखौं नागरिक संक्रमित भएको अवस्था छ, भने बिश्वका  आम नागरिक यस्को प्रत्यक्ष अप्रत्यक्ष प्रभावमा पिल्छिएको अबस्था छ । बिश्वका धेरै जसो मुलुक लकडाउनको  अबस्थामा हुँदा व्यस्त शहर हरु पुरै सुनसान स्थितिमा पुगेको अवस्था छ। जस्को प्रभाव स्वरुप जोखिम न्युनीकरण गर्न लागि नेपाल पनि लगडाउनको स्थितिमा छ, व्यस्त  शहर काठमाडौ पनि सुनसान स्थितीमा छ, भने मान्छेको दैनिकी घर भित्र सिमित बनेको छ।  बाहिर  भने वसन्त ऋतु को आगमन सङ्गै काठमाडौको आकाश क्या मज्जाले खुलेको छ ।

आज भोलि ,आम मानिसको दैनिक जस्तै  मेरो ब्यथ दैनिकि  परिवर्तन भएको छ ,भने माहामारी बाट  सुरक्षित रहन को लागी  घर भित्र सिमित  दायरामा बस्नु परेको  छ ।सधै व्यस्त  दैनिकी पहिले भन्दा  फेरिएको आभास भएको छ।  लकडाउन अबस्थामा काठमाडौ सुनसान भएको महसुस भएको छ, सधै गाडीको आवाज, मान्छेको आवाज, कुकुर आवाज सहित घ्वाग -घ्वाग जस्तो सुनिने  आवाजका गुन्जहरु  आजकाल परिवर्तन भएका छन। काठमाडौ आइकन  मैले बिहान उठ्ने समयमा चराहरुको चिर्बिर आवाज कहिल्यै सुनेको थिइन,अहिले मलाइ बिहान उठाउने साथी नै चराचुरुङ्गी भएका छन क्या मज्जा लाग्यो ! गाउँमा हुँदा को आभास महसुस गरायो। मौसम पनि कति राम्रो न जाडो न गर्मी कस्तो आन्नद ! वा कति मिठो हावा ! सधै बिहानै देखि सुनिने कुकुर , मान्छे ,गाडी आवाज आजकाल एकाएक चराचुरुङ्गी को चिर्बिर आवाजले आन्नदमय बनेको छ । बिहानको चिसो हाबा सङ्गै चराहरुको चिर्बिर आबाजले रमणीय बनाएको छ । एक जना साथी प्रभुराम श्रेष्ठ भन्दै हुनुहुन्थ्यो, आज राती मेरो घरमा बाघ कराएको आबाज सुने यो के अचम्म हो भन्दै हुनुहुन्थ्यो । हो कि क्या हो  साच्चै  प्रकृती ले आखिर यहि त चाहेको हैन मन मा कुरा खेलिरह्यो।काठमाडौं  स्वच्छ हावा, हरिया रुखबिरुवा, न कतै कोलाहाल, नत कतै गाडीको ट्वा ट्वा टूटू आवाज । स्वच्छ र चिसो हावा । घरको छतमा गएर हेर्दा सेतै हिमाल लामवद्ध टल्किएको देखिन्छ । सिधै  हिमालबाट आएजस्तो । बाहिरै बसी रहुँं जस्तो । दिउसोको  समयमा अझ घर कोठा बाट बाहिर निहाल्दा बहावजस्तै बगेको हाबा सङ्ग विभिन्न थरीका चराहरु को आबाज र उडाइले  त क्या मोहित बनाउने ।  हेरौ  जस्तो लाग्ने धेरै भो यस्तो दृश्य  नदेखिएको होला सायद।

३५ वर्षअघि अर्घाखाँची बाट  काठमाडौं आउनु भएका मेरो मामा पुर्ब वैद्युतप्राधिकरणका  निर्देशक हुमबहादुर केसिले  भन्नुभो २महिना गाडी नचल्दा नै काठमाडौंको वायुले आफ्नो पुरानो स्वरुप पायो ,यसलाइ  मध्यनजर गरि  कम्तीमा पनि महिनाको ५ दिन सवारी साधन संचालन गर्न नदिए वायु प्रदुषण पनि रोकिने  आयतित पेट्रोलियम पदार्थ को बचत हुने कुरा बताउनु हुन्छ ।उहिले हामिले देखेका  हरिया फाँट सबै सिमेन्टका पिलरले भरिसके । त्यतिबेला बागमती ,धोबि खोलाको यो फाँटमा रायो, मूला, काउली त कतै बकुल्ला केराउ र गहुँ झुलिरहेका हुन्थे । अहिले मान्छेको चाप त्यतिकै छ । सवारी साधन उत्तिकै गुड्छन् । साँच्चै मापदण्ड पुरा गरेका सवारी साधन गर्न सरकारले कडाइ गर्ने हो भने पनि हावाको गुणस्तरमा केही सुधार हुने थियो । उहिले जसरी नै स्वच्छ हावा पाउने थियौं,  उहाँले भन्नू  भयो।

१२ गते सोमबार बिहानको  तेस्तै ५:३० भएको थियो होला  मेरो पुर्बकलेज साथीको फोन आयो  उ अहिले मेगा बैकमा कार्यरत छ दिनेश शर्मा  बार्तालाप मै भन्यो  त कहाँ हो   यार भन्यो मैले भने  म घरमा  छु भने, उस्ले आइजन यार म नर्भिकमा हस्पिटल बुबा  लाई उपचार गर्न लिएर  आएको छु  भन्यो अनि जवाफमा मैले हुन्छ भन्दै  फोन राखेर जाने तरखर बनाए ।तर एक मनले कसरी जाने  पुरै लकडाउन स्थित छ, अर्को  मन जाने  अठोट बनाए अनि  चिया खाएर अफिस कार्ड भिडेर स्कुटी चलाउदै हस्पिटल तिर लागे । साच्चै सोच्दै थिए  अहिलेका  भौतिक मन्त्रीले गरेका रहेछ  है !बाटोमा खाल्डाखुल्डी कतै छैन हौ भनेका मात्र होइन गरेका पनि  रैछन नि! साच्चै आज त आफुले चलाएको  बाइक पेट्रोल पनि बास्ना आयो हौ, यत्रो बर्ष बाइक चलाउदा पेट्रोल बास्ना आएको थिएन पक्कै वायु प्रदुषण कमिले होला। सोच्दै थिए !

सधै व्यस्त  रहने शहर आज सुनसान भएको छ न मान्छे आवज न गाडिको आवाज धुवाँ धुलो आक्रात काठमाडौ आजभोलि शान्त भएको छ । बाटोमा जादा सडक पेटिमा लगाएका फुलहरु झुमेको दृश्य ले कस्को मन मै आन्नदित नहोला र! साच्चै बसन्त ऋतु आगमन ले माधुर्यता छाएको  आभास भयो ।साच्चै बिहानको घामको प्रकाश सङ्गै ती झुलेका ती फुल हरु ले झुम्न का लागी आव्हान  गरेजस्तो लाग्थो ! आज तिनकुने देखि थापाथली जादा बाटो को किनारमा लगाएका थरीथरीका (साकुरा)रंगीचंगी फुलेको फुलले कस्को नै मन प्रफुल्ल नहोलार ! तर मानिस आवात जावत छैन यातायात आगमन छैन पुरै शान्त छ आरामले अक्सिजन फ्याक्न पाए होलान ति साकुरा फुलले भन्ने  लाग्यो ।  यस्ता रङ्गिबिरङ्गी फुलको सजावटले माधुर्यता छ।आनन्द  धक फुकाएर फुल्न पाएका छन , सधै धूलो र धुँवाले छोपिने बहरमहल अहिले स्वच्छ बनेको छ । न गाडीका कर्कनाश आवाज छ मानिसको चहलपहल, शान्त र सुन्दर बनेको छ माइतीघर मन्डला ! अझ जमलमा हुने जामले  दिग्दारि लाग्ने बानी   दरबार मार्गको दृश्यले रोमान्चित  बनाएको छ  आज। अहिले काठमाडौ बाताबरणले राजधानी बासीको लागि उर्जा समेत सिन्चित गरेको छ जस्तो भान भो राम्रो समयको प्रतीक्षाको  लागी ।सवारी साधन सञ्चालन हुँदा हामी दैनिक प्रदुषणयुक्त हावामा श्वास फेर्न बाध्य थियौं ।’ आकाश खुल्ला भएर खुलेको छ, वरिपरिका पहाड हरिया देखिन थालेका छन्, बिहान बेलुका हिमाल टलल्ल टल्कन्छ । मानौ वर्षौपछि काठमाडौंका हावापानी फेरिएको छ । आनन्दको अनुभूति भएको छ । 

 

लकडाउनपछि काठमाडौंको हावापानी फेरिएको नर्भिक   अस्पतालका डाक्टर बिजय शर्मा बताउँछन् । शर्मा  भन्छन् ‘ ४० वर्षअघि त्यतिबेला घरहरूका साथै सवारी साधन पनि कम थिए । पातलो बस्ती हरियाली फाँटका कारण हावापानी यो भन्दा पनि स्वच्छ र सफा थियो,’ त्यतिबेला काठमाडौं, जाडोमा डम्म कुहिरो, गर्मीमा चिसो बतास, गर्मीको त्यति महसुसनै हुने थिएन । वायु प्रदुषण वा धूलो धुँवा भन्ने थाहै थिएन । उतिबेलाको जस्तै नभएपनि सावारी साधन नचल्दा आज २ महिना नै हावापानीमा ठूलो अन्तर आएको छ । हावा चिसो छ, आकास निलो देखिन्छ,’ यसले स्वच्छताको अनुभुती गराएको छ। लकडाउनका कारण सवारी साधन बन्द भएपछि उपत्यककाको मात्र होइन देशकै  वायु प्रदुषण घटेको छ । सरकारले चैत्र ११ देखि सर्वसाधारणलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएपछि काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषणको मात्रा घट्दै गएको छ ।

 अनुभवीको यो भनाइलाई वातावरण विभागले पनि पुष्टि गरेको छ । वातावरण विभागका सहायक प्रवक्ता तथा सूचना अधिकारी शंकरप्रसाद पौडेलले ६० दिनमा काठमाडौंको वायु प्रदुषण घटेको बताएका छन् । ‘लकडाउन यता वायु प्रदुषण घट्दो क्रममा रहेको छ,’ उनले भने जेठ ११सम्मको अवस्थाले वायुमा हुने प्रदुषणको मात्रा मापदण्डभन्दा तल झरेको देखाएको छ

हो ! साच्चै बसन्त ऋतु आगमन सङ्गै आफ्नै गतिमा चलेको घडी सुइ जस्तो वसन्तले आफ्नो चोला फेरेको छ ,मज्जाले लाज नमानी धक फुकाएर फुलेको छ।हामी पनि धैर्य सहशिलता बटुलेर एकपटक तिम्ला भेट्न अबस्य आउने छौ। छिटै आउने छौ राम्रो दिन अबस्य आउने छ । अनि  धक फुकाएर एकपटक खेल्नु पर्छ है!

 

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349