eNepal

मेल्बोर्नको पश्चिम बालचौतारीमा जुमबाटै नृत्य सिकाउँदै छिन् बर्षा

वर्षाले मेल्बोर्नको बाल चौतारी वेस्टमा नेपाली नृत्य सिकाउन थालेको करिब दुई बर्ष भयो। उनका अधिकांश बिधार्थीहरु अस्ट्रेलीयामा नै जन्मिएका छन् भने केही नेपाल र अन्य देशमा जन्मिएर पछि अस्ट्रेलीया आएका पनि छन्।

नृत्य सिकाउने काम आफैमा गार्हो काम हो, ठुलै मान्छेलाई सिक्न र सिकाउन त गार्हो हुन्छ भने साना कलिला र काँचा बच्चाहरुलाई त्यो पनि नेपाली पनमा नृत्य सिकाउन धैर्यता र दर्हो आत्माविश्वास पक्कै चाहिन्छ।

बर्षा भण्डारी आफु पनि फुल टाईम कानुनकी बिधार्थी हुन्। पढाईको प्रेसर त छँदै छ त्यसको अलावा अस्ट्रेलीयाको ठाउँमा काम नगरी पनि हुँदैन। प्रवासको बिधार्थी जिवन, पार्ट टाईम काम अनि आफ्नो ब्यस्त दैनिकीबाट बचेको केही समय साना भाईबहिनीहरुसँग बिताउन पाउँदा बर्षा निकै आत्मासन्तुष्टी छिन्।

बाल चौतारीमा तिन महिनाको ट्रम अनुसार हरेक शनिबार बिहान दुई घण्टा नेपाली भाषा र नृत्यको कक्षा सन्चालन हुँदै आएको छ। तर पछिल्लो समय देखिएको कोभीड १९को महामारी अनि त्यस पछिको लकडाउनले सो कक्षालाई प्रतिकुल असर पार्यो। सबै स्कुलहरु बन्ध भए पछि बाल चौतारीले सबै अभिवाकहरुको राय सल्लाह अनुसार मिड मार्चबाट कक्षा बन्द गर्ने निर्णय गर्यो। 

केही हप्ता आफ्ना बिधार्थीहरुबाट टाडा हुँदा केही असहज महसुस पछि एकाएक बर्षाको दिमागमा किन अनलाईन कक्षा सन्चालन नगर्ने भन्ने कुराले स्ट्राईक गर्यो। अहिलेको टेक्नोलोजीको जमानामा बिधार्थीलाई अनलाईन जुमबाट नाँच्न किन नसिकाउने भन्दै सबै अभिभावकहरुलाई भाईबर ग्रुपमा कुरा राखिन्। अधिकाँश अभिभावकहरुको सकारत्मक प्रतिक्रिया आएपछि उनीले अभिभावकहरुलाई दुईवटा समय तालिका शनिबार या आईतबारमा आफुलाई कुन दिन पाएक पर्छ रोज्न आग्रह गरिन्।त्यस पछि उनले सबै अभिभावकहरुलाई जुम एप्लिकेसन डाउनलोड गर्न लगाईन।

विद्यार्थीहरूलाई केही हप्ताको अन्तरमा  पहिलो जूम क्लासको दौरानमा हेर्दा राम्रो लाग्यो। केहि नयाँ विद्यार्थीहरू सहित बालचौतारी पश्चिममा लगभग २५ विद्यार्थीहरू छन्। विद्यार्थीहरू मलाई र अरू साथीहरुलाई जूम भिडीयोमा देखेर खुसी थिए।

IMG_9787

टेक्नोलोजीको प्रयोगसँगै अहिलेको समयमा नृत्य सिकाउने र बिधार्थीहरुसँग नजिक हुन यो भन्दा राम्रो तरिका छैन। अनलाईन सिकाउँदा एक एकजनालाई हेर्न अनि सिकाउन त एकदमै मुश्किल छ तर पनि उनीहरुको जोश र जाँगरलाई हेर्दा भने उनीहरुले नृत्य कक्षालाई मिस गरेको आभास देखिन्थ्यो। जूमबाट यो बुझ्न गाह्रो छ कि कसरी र उनीहरू सही नृत्य सिक्दैछन् तर मैले धैर्यताका साथ बिस्तारै सिकाउने कोशिस गरे।। बर्षा भन्छिन् जुम नृत्य कक्षाको मुख्य आशय भनेको केटाकेटीहरू बिचमा भेटघाटका साथै नेपाली संस्कृतिमा संलग्न छन् है भन्ने निश्चित गर्नु पनि थियो जुन मेरो विश्वासमा बालचौतारी पश्चिम सफल भएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349