केपी ओली सरकारबाट माओबादी बाहीरिएसँगै अब बन्ने सरकारको लागि भाग दौड द्रुत गतीमा बडेको छ। सरकार कसरि बनाउने भन्ने बारे अङ्क गणीत शुरु भई सकेको छ।नेपाली काँग्रेस पनि ठुलो दलको हैसिएतले प्रचण्डको नेतृत्वमा बहुमतीय सरकार बनाउन अग्रसर देखिएको छ।यता नयाँ सरकारको गठन गर्ने तयारी भए पनि केपी ओली राजिनामा दिने पक्षमा छैनन्।
संसदमा अहिले ५९७ सदस्य छन् । जसमा माओवादी सांसद ल्यारक्याल लामा निलम्बित छन् । ५९६ सासद मतदानका लागि योग्य रहनेछन् ।
अब प्रचण्डलाई प्रधानमन्त्री बन्न २९८ सदस्यको समर्थन आवश्यक पर्छ । माओवादी आफैंसँग ८२ सांसद छन् । संसदको ठूलो दल कांग्रेससँग २०६ सांसद छन् । माओवादी र कांग्रेस मिल्ने हो भने २८८ मत पुग्छ र प्रधानमन्त्री बन्न मात्र १० सिट चाहिन्छ ।
यस्तो अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बन्न त्यति गाह्रो छैन । मधेसी मोर्चासँग ३४ मत छ भने फोरम लोकतान्त्रिकसँग १४ मत छ । साना दलहरु पनि छन्, जसले पदीय भागवण्डामा सहमति हुने हो भने समर्थन गर्न सक्छन् । यसै बिचमा केपी ओलीको सरकारबाट माहोबादी बाहीरिए पछि २५२ मतमात्र रहनेछ। अव यो सरकार टिकाउनलाई मधेसबादी दलको आवस्यक पर्ने हुन्छ जोसँग ४८ मत रहेको छ।
हेरौ अव बाजी कसले मार्ला।