अस्ट्रेलीयन पासपोर्ट बोकेर नेपाल जाँदा भिषा लगाएर जाने एनआरएनहरुले बिदेशमा बसेर नेपालको राजनितीको बहस गरेको सुन्दा कति सम्म पच्छ कुन्नी तपाईलाई। धेरैलाई चाँही पच्दैन रहेछ।आफु त देश भक्त मान्छे। देशमा यस्तो भयो, सिमाना मिचीयो। ओली बाले ठिक गरे भनेर एकजना बुवालाई यसो के सुनाएको थिए। बुवा यसरी पड्किनु भयो कि लाग्यो कि बुवालाई हामी एनआरएनका गफ मुख सम्मै आई सकेको रहेछ , वाक्न मात्र बाँकी रहेछ। सबै एकै गाँसमा मलाई ओकल्नु भयो।
बाबु तिमीले पिआर लियौ। लिए बुवा। अनि नेपालबाट आएको कति भयो। भयो हौ बुवा गोडा दशएक बर्ष। अनि नेपाल कति चोटी गयौ। अहिले सम्म तिन पटक गएँ हौ बुवा। दश बर्षमा तिन पटक गएर तिमीले नेपालको कुरा गर्न सुहाउँदैन। किन र बुवा आफु जन्मे हुर्केको देशको बारे बोल्दा के हुन्छ र। हामी यता बसे पनि मायाँ त आफ्नै जन्मभूमीको लाग्छ नि।
के चाँही लछारपाटो लायौ हो बाबु तिमीले नेपालको लागि। जन्म्यौ, हुर्क्यौ, पढ्यौ अनि देशलाई चाहिने बेलामा देशलाई लात मारेर सुईकुच्चा ठोकी हाल्यौ। हैट बुवा पनि म बसेर पनि केनै लछारपाटो लगाउँथे होला। नेपालमा बसेकाले पनि के लछारपाटो लगाए र। बाले प्वाक्क मेरा कुरा काट्नु भयो। लौ भन त तिमीले दश बर्षमा कति कमायौ अनि कति पैसा चाही नेपाल पठायौ। कति जग्गा जोड्यौ। झसङ्ग भए। पैसो कति कमाईयो लेखाजोखा त भएन तर नेपाल चाँही कति पठाईयो होला र त्यहि केही लाखमा गन्न मिल्छ होला तर कमाउन त गन्ने हो भने करोडको लाईनमै कमाईयो होला।
अनि के गर्यौ त त्यो पैसा? बुवाले फेरी प्रश्न तेर्साउनु भयो। मैले जबाफ दिए यहि त हो बुवा खाईयो, बसियो, पढियो। अनि घर त किन्ने छौ। यहि कमाएको पैसोले त जोड्यौ होला। कहाँ हुनु बुवा यो किन्नलाई नेपालमा आफ्नो भागको अंश बेचेर ल्याएको नि। यो घरको ऋण चुक्ता गर्न अझै बिस बर्ष लाग्छ। बाले भने अनि के चाँही नाप्यौ त यहाँ बसेर।
खै केही नापीएन बा उल्टै नेपालमा भएको आफ्नो अंश सकियो। अनि के यत्राको नेपालको बखान गरेर बस्छौ त।सुहाउँदैन हौ यहाँ बसेर नेपालको बारे ठुला ठुला गफ दिन।
बाले कुरो मोडेर फेरी जोड्नु भयो एनआरएनसँग।
एनआरएन जस्तो सँस्था भनेको विदेशमा भएका नेपालीहरुको रेखदेख गर्न बनाईएको सँस्था जस्तो लाग्छ। तर केटाहरुको गफ सुन्छु। म गलत छु जस्तो लाग्यो। पुरै व्यापारीहरुको अखडा जस्तो लाग्छ। दाल चामल बाँड्ने त अरु छँदैछन्। सैयौको सँख्यामा रहेछन् समाज र सँस्था। तिनले गरि हाल्थे नि। यो बेला त सरकारी स्तरमा बार्ता गरेर बिदेशमा रहेका आपतकालीन अवस्थामा बसेका नेपालीलाई नेपाल लैजाने काम गर्न पर्ने होईन।
मैले नबुझ्या कुरो के कारीब आधा करोड नेपाली बिदेशमा छन्। अहिले कोरोनाकै कारण धेरै नेपाली स्वदेश फर्किन चाहन्छन्। समस्यामा परेपछी अभिभाबक खोज्नु प्राकृतिक नियमनै हो। कसरी कुन तरिकाले यसको समाधान गर्न सकिन्छ यता अभिवावकको रुपमा रहेको सँस्थाको हो कि होईन।कुन श्रोत परिचालन गर्न सकिन्छ त्यो गर्न पर्छ कि पर्दैन। फेरी यि सँस्थाहरु नेपालको सरकारसँग कुनै न कुनै रुपमा सम्पर्कमा रहन्छन। खाडीका नेपालीलाई लैजाने भन्दै गर्दा अस्ट्रेलीया, अमेरीकामा रहेकालाई नलैजाने किन! यसमा धनी र गरीब भन्ने कुरा कहाँबाट आयो।फलानो देश धनी हामी गरीब भन्ने कुरा ब्यबस्थापन गर्न नसकेर पंछिने मात्रै बहाना हो। सरकारसँग कुरा गरेर सम्बन्धित ब्यक्तिको खर्चमा स्वोदेश फर्काउन यिनले संयोजकीय भूमिका निभाउनु पर्छ कि पर्दैन। कुनैपनी एक्लो ब्यक्तिबाट यो सम्भब छैन। त्यसैले त अभिभाबक गुहार्नु परेको हो।
यो प्रवासमा अभिवावक भनेको यिनै एनआरएन, राजदुताबास हो की होईन।यो काम सजिलो नभएपनी गर्न चाँही त्यती असम्भब नहोला। लाग्ने रकम सम्बन्धित सँग असुलेर यो गर्न सकिन्छ कि सकिन्न। आधा करोड सबै नेपाली स्वोदेश फर्किन चाहेका पनि होइनन। फर्किन चाहनेमा साठी बर्ष माथिका आमा बा जो घुम्न आउनु भयो अनि विधार्थीहरु जसलाई यहाँ अहिलेको परिस्थितीमा टिक्न निक्कैनै गार्हो भएको छ। अब यिनका विवरण लिन नसक्ने कुरै भएन। अब बाँकी रह्यो फर्केका नेपालीको कोरोनाबाट सुरक्षित बनाउने कुरा।
यो कुरामा सरकारले कोरोनाको रोकथामको लागि केही उपाएहरु तत्काललाई सोच्ने हो र स्वदेश फर्केका ब्यक्तिलाई अनिबार्य रुपमा घरमै आइसोलेसनमा बस्ने वाध्यकारी नियम बनायो भने जहाँ सम्म लाग्छ नियम भित्र बस्छन होला। राज्यले ब्यक्तिलाई कन्भिन्स गर्ने बातावरण बनाउनु पर्छ। यदी नियम नमाने दन्डनिय हुनुपर्छ।
फेरी गाईगुई कुरो सनिन्छ के बाबु यि समाज, सँस्था भनेर खोलेका छन्।यिनले गफ गर्या सुन्छु के। खाली नेपालको राजनीति बाहेक त गफै गर्दैनन्। ओली बाले यसो गरेका भए हुन्थ्यो रे, प्रचण्ड यस्ता, बाबुराम उस्ता, माकुने त्यस्तो भनेका छन्। चुनाब आउन लाग्यो अव भनेका छन्। गुठ र उपगुठमा बाँडिएका छन्। यो पाटी र त्यो पाटी भनेका छन्। काम नगरी मुखाँ माड लाग्दैन। तिनकै घरमा जहान परिवार तिनका पुङ पुच्छरको राजनिती बहस सुन्नेर हैरान भएका छन्।धन्न अहिले कोरोनाको माहामारीले गर्दा परिवारसँग बसेका छन् नत्र हप्तादिनमा बल्ल बल्ल आएको छुट्टीमा पनि लखर लखर सभा भेला मिटीङ भनेर कद्थे। न खानको टुङ्गो न आउनको टुङ्गो।
होईन के बावु त्यसै राजनितीकै रहस बिझेको भा, नेतानै बन्न मनभै बोरु यतैको राजिनीती गरे हुन्न र। नेपालीहरु यताको राजनितीमा सामेल भएको गाईगुई त सुनेको छु। कोही त पार्लियामेन्टमा छन् रे। बोरु यतैको पासपोर्ट लिएर नेपालको राजनितीको बहस गर्या चाँही मलाई कत्ति नि मन परेन है।
यो लेख एक बुवाको भनाईको आधारमा तयार पारीएको लेख हो। मैले बालाई हजुरको नाम लेखमा हालौ भन्दा भो नहालौ फेरी मैलाई नराम्रो सोच्लान। बिभीन्न आलोचनाहरु होलान्, यो मेरो व्यक्तिगत बिचार तिमीलाई पोखेको मात्र हो भन्नु भयो।यदि तपाईका केही टिका टिप्पणी भए हामीलाई [email protected] मा पत्राचार गर्न सक्नु हुनेछ। हजुरको रायसल्लाहको सदैब हामी भोका छौं।