eNepal

हिजो मलाई नानाभाँतीको आरोप लगाउने साथीहरुले कान खोलेर सुन्नुहोस र आँखा खोलेर पढ्नु होस्

मैले थाहा नभएर अन्जानमा “छिमेकी भैया” भन्ने शब्द राखेर एउटा भिडियो शेयर गर्दा धेरै नै तराईबासी साथीहरुले बेस्सरी चित्त दुखाउनु भयो र घोर आपत्ति जनाउनु भयो। त्यस पछि मैले पोष्टमा “छिमेकी साथी”  भनेर लेखें। अनी चित्त दुखाउनु भएका र आपत्ति जनाउनु भएका सबै साथीहरु संग थाहा नभएर लेखेकोमा माफी दिनुहोस भनेर माफी पनि मागे। अब त्यो शब्द भारतमा जाँदा समेत र कहिं पनि कसैलाई प्रयोग नगर्ने भनेर कसमै खाएको छु। खास गरि तराईबासी नेपालीहरुलाई कसैले पनि भैया नभन्नु होला भन्ने सुझाब पनि दिन्छु।

तर अझै पनि निकै नै साथीहरु उफ्रि रहनु भएको छ र मलाई धेरै नै आरोपहरु  र लान्छाना हरु लगाउनु भएको छ मानौं कि मैले उहाँहरुलाई नै भैया भनि रहेको छु। राम्रो संग पढ्नु होस् त – मैले तराईबासी भैया भनेर भनेको ता थिएन नि। “छिमेकी भैया” भन्दा भारत तिरका लाई आपत्ति हुनु पर्ने होईन र ? तपाईहरु लाई किन आपत्ति भयो? जे होस् “छिमेकी भैया” भन्दा पनि तपाईहरुको चित्त दुख्ने रहेछ भन्ने थाहा भयो। अन्जानमा भनिएको कुरामा माफी माग्दा माफी पाउने कि नपाउने?? छोटो बुद्धी र संकुचित विचार मेरो कि तपाईहरुको ??

तपाईहरुले अरु आरोप ता जे लगाए पनि फरक पर्दैन तर मलाई तराईबासीहरुको बिरोधी भनेर जुन आरोप लगाउनु भएको छ, त्यसको म घोर खण्डन गर्दछु। मेरो नजरमा सारा मानव समुदाय समान छन्। खास गरि मैले बिपन्न समाज र बर्गहरुलाई अझै बढी माया गर्दछु। समाजमात्र होइन सारा गरीब देशहरुलाई पनि माया गर्दछु र सबैको गरीबी हटाउन सकिन्छ कि भनेर  बिभिन्न उपायहरुको खोजी पनि गर्दछु र ब्यबहारमा लागु पनि गर्दछु। मेरो सोचाई धेरै धेरै फराकिलो र स्वच्छ छ भन्ने कुरा बुझ्नु होला.

अहिले मैले “राष्ट्रिय आविष्कार केन्द्र” खोलेर प्रतिभाशाली सन्ततिहरुलाई उद्यमी बनाउन सकिन्छ कि भनेर सहयोग गरि रहेको छु। राष्ट्रिय आविष्कार केन्द्रमा धेरै नै तराईबासी भाई बहिनीहरुले पनि अनुसन्धानहरु गरिरहेका छन्। बास्तबमा नयाँ नयाँ आईडिया लिएर अधिकतम रुपमा पहाडबासी भन्दा तराईबासी भाई बहिनीहरु नै आईरहेका छन् र उनीहरुलाई बिना भेदभाब सहयोग गरिएको छ। साथ साथै भविष्यमा तराई तिर कुनै ठाउँमा यस्तै किसिमको आविष्कार केन्द्र खोल्न सकिन्छ कि भनेर संभावना पनि हेरी रहेको छु। अहिले कोरोनको महामारीमा पनि राष्ट्रिय आविष्कार केन्द्रले तराईको सबै जसो जिल्लाहरुमा PPE र अन्य सामाग्रीहरु दिएको छ। तराईमा कोरोना धेरै फैलिएको हुनाले पहाड तिर भन्दा त्यता तिर धेरै सहयोग गरको छ। बिचारलाई फराकिलो पार्नु होस् र तपाईहरुको प्रतिभाशाली सन्ततिहरुलाई राष्ट्रिय आविष्कार केन्द्रमा ल्याउनु होस्. कुरा बुझ्नु भयो??

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal