उपल्लो छिमेकीको घर मलाई त्यत्ति मन पर्दैन I तर मेरा भन्टाभुन्टीलाई गई रहनु पर्ने र मैले पुर्याई दिनु पर्ने I बाटो एकदम घुमाउरो I भोलिका दिनमा केहि काम लाग्ला कि भन्ने आसमा म पनि नजाउ न भन्ने, बरु लगातार ओहोर दोहोर गरि रहुन भन्ने चाहना राख्ने म I पटक पटक घुमाउरो बाटो भएर पुर्याउनु पर्ने झंजट कम गर्न मैले सिधा बाटो बनाउने आइडिया लगाए I त्यो बाटो बिच्चमा घर भाको फुच्छे तर एकदम आज्ञाकारी भाईको जमिनबाट निकाल्नु पर्ने भो I उसलाई म त्यति गन्दीन, उ आज्ञाकारी हुनुका धेरै कारण छन् जस्तै कि, उसलाई घर मुली बनाउन मैले उसका २ सय वर्ष देखि घर सम्हाली रहेका हजुरबा, बा र थुप्रै काकाहरुलाई ठेगान लगाएर उसलाई घरको मालिक बनाई दिए I ठिटोलाई आँट थिएन सुरुमा, तर मेरै घरमा राखेर ट्रेनिंग दिए, हिम्मत दिए, उसको त्यसबेलाका प्रिय भाइहरु (अहिले त पानी बाराबार छ रे) लाई फोकटमा ठुलै डिग्रीहरु पढाई दिए I तर मेरो भरोसा पाए पछि त भाई यति बज्रस्वाठ भएर निस्क्यो कि हजुरबा लाई हटाउन बा, काका र धेरै भाईहरुको ज्यान गयो भन्दै मलाई हासी हासी खबर सुनाउन थियोI
हो त्यसै बेला यो स्वाँठको भर गर्नु हुन्न भनेर मेरो मनमा चिसो पसेको हो I त्यसैले म बाटो बनाउदा सधै साबधान रहे I उसले नदेख्ने गरि थोरै खन्ने अनि केहि दिन चुप लाग्ने, फेरी अलि थप्ने, अनि रोकिने I उसका आँगनमा खेलिरहने केटाकेटीहरु मध्य धेरैले बाटो खनेको नदेखे जस्तो गर्ने, कोहि कोहिले बालाइ भन्दिन्छु भन्ने तर चकलेट दिएपछि चुप लाग्ने, बाडदा बाड्दै कसैलाइ चकलेट पुगेन वा अरुको भन्दा सानो चकलेट पर्यो भने ठुस्किदै गएर हजुरको बडेभाईले हाम्रो बाटो खन्दै छ भन्दिने I तर उसले त्यति मतलब गरेको देखिएन, मेरो सहस बढ्दै गयो र मैले बाटो पुरा गरे I तर उसलाई जानकारी छ भन्ने थाहा हुँदा हुँदै बाटो बनाएको छु भनि गाउँ भरि हल्ला फ़िजाउन मलाई फेरी पनी आँट आएन I पटक पटक उसको परिवारका केहि सदस्य लुकी लुकी मेरो घरको खाना खान आएको बेला मेरै भाषामा “नडरानुस, हामी छौ” भन्दा पनी हिम्मत पुगेन I तर जब एकाएक टोल भरि नया खाले रोगले मान्छे सोतर हुन् थालेको खबर फैलियो, हुन् त उसको घरमा त्यो रोग ले त्यति असर गरेको थिएन, तर उसका चिल्लरहरु आगनमा खेल्न निस्कन छोडे I यहि मौका छोपेर मैले बाटो बनाएको खबर फैलाए, यो खबले म संग सधै किचकिच गर्ने अर्को पट्टिको छिमेकी घरवालालाइ पनी देखिस त भन्न पाए I
तर खबर व्यापक भए पछि मेरो त ब्याडलक् पो सुरु भएछ I एकाएक मेरो फट्याई सबैले बुझे I आज्ञाकारी भाईले पनी एक्लै घरको काम गार्हो हुन्छ, दुइ भाई मिलेर गर भन्ने घरसल्लाह भो भन्छ I गाडीमा दुइ ड्राइभर को के काम भन भनेर सिकाए, पिलेन सम्झेर बस भने रे I त्यो बडे भाई को भाग हो, हाम्रो होइन भन भनेर सिकाए, होइन भन्दै उसलाई खतरा खतरा प्रमाण देखाएर उसको सातो जना लागि सक्यो रे I उपल्लो छिमेकीले पनी बाटो बनाउदा सम्म केइ बोलेन, अहिले आएर बाटो भए पछि त तिनीहरु जुन बेला नि फुत्त फुत्त आएर मेरो घर फोहर गर्न सक्छन भन्न थाल्यो रे I मेरो घरका मान्छे पनी त्यसैले हो सानो भाई लाई उक्साएको भन्न थाले I भाइको यतै रमाउने एक छोरीले पनी मेरो खेदो खनी I अर्की छोरीले मेरो पक्षमा अलिकति के बोलेकी थिन, घरमा खूब गाली खाई रछिन रे I
अब समस्या के हो भने, ल तिम्रै हो लैजाओ भनुम, छर छिमेकमा दादा पल्टिने मेरो सपना चकनाचुर हुन्छ I मेरै हो भनुम, हुदै नभएको कुरा लाई कसरि प्रमाणित गरु? घरमा सल्लाह गरौ भने तै फटाहा होस् भन्ने बढी छन्। हे प्रभु मलाई बचाऊ I
लेखक: डा.महेश भण्डारी मेल्बोर्न