eNepal

सामाजिक सन्जालमा चर्चा पाएका यी तीन राउतहरु

आजकाल चर्चामा हुन या चर्चीत हुन खासै पापड बेल्ने दिन गए। तपाईलाई मनमा लागेको कुरा बोल्दिनु।पलभरमै तपाई भाईरल बन्नु हुन्छ। आज सामाजिक सञ्जालमा यी तीन ‘राउत’को चर्चा चलिरहेको छ । नायिका वर्षा राउतले सरकारबाट जारी गरिएको नयाँ नक्सा र यसबाट उत्पन्न परिस्थितिलाई लिएर दिएको अभिव्यक्तिपछि तीन राउतको चर्चा भएको हो । 

मुलुक विखण्डनको राजनीतिक एजेण्डा बोकेर हिँडेका सिके राउत र प्रहरीमाथि खनिएर अभिव्यक्ति दिएकी नायिका आस्था राउतसँगै जोडेर बर्षा राउतको सामाजिक सञ्जालमा चर्चा र टिप्पणी भइरहेको छ । 

२४ फागुन २०७५ मा सरकार र सिके राउत नेतृत्वको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भयो । स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाएको छ । साथै अहिले सिके राउत जनमत पार्टी दर्ता गरेर राजनीति गरिरहेका छन् । 

यस्तै गत माघमा विमानस्थलमा ड्युटीमा रहेकी एक महिला सुरक्षाकर्मीलाई लक्षित गरि प्रहरी संगठनविरुद्ध दिएको अभिव्यक्तिले गायिका आस्था राउत विवादमा परिन् । पक्राउ परेर केही दिन प्रहरीको न्यायिक हिरासतमा बसेर गायिका आस्था राउत रिहा भएकी थिइन् । 

सरकारले मुलुकको प्रशासनिक तथा राजनीतिक नयाँ नक्सा जारी गरेको सम्बन्धमा दिएको नायिका आस्था राउतको अभिव्यक्तिलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध गरिरहेका छन् । उनले दुई देशबीचको विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताएकी थिइन् । यद्यपि उनले यसबारे क्षमायाचना गरेकी सकेकी छन् । 

तर, सामाजिक सञ्जालमा भने सिके राउत, आस्था राउत र बर्षा राउतलाई जोडेर उनीहरुको देशप्रतिको विचाराधारमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । 

सामाजिक सन्जालबाट साभार 

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349