eNepal

विदेशमा रहेका नेपाली ल्याउन कार्ययोजना बन्दै

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना तयारीको चरणमा रहेको प्रष्ट्याएको छ । समितिका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाबारे विभिन्न निकायसँग छलफल भइरहेको र अन्तिम रुप दिनेबित्तिकै सार्वजनिक गरिने जानकारी दिनुभएको छ । 

समितिको बुधबार बसेको बैठकमा विदेशमा फसेका नेपालीको उद्धारसम्बन्धी कार्ययोजना, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थित सञ्चालनलगायतको प्रस्तावमाथि छलफल भएको हो । छलफलपछि सचिव बिडारीले भारतसहित तेस्रो देशमा अध्ययनरत विद्यार्थी, उपचारलगायत निजी भेटमा रहेका, कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, गर्भवती महिला र नेपालमा आफन्त बितेर आउनुपर्ने भएकालाई नेपाल ल्याउनेबारे कार्ययोजना तयार भइरहेको बताउनुभयो । 

विदेशमा रहेकालाई नेपालमा ल्याउँदा व्यवस्थित राख्न सकिने र सङ्क्रमण फैलन नदिने र आउनेलाई क्रमशः लिएर आउने योजना तयारीको चरणमा रहेको जानकारी दिनुभयो । 

उक्त योजना परिमार्जित, परिष्कृत र अन्तिम रुप लिइसकेपछि सञ्चारकर्मीलाई जानकारी गराइने उहाँले बताउनुभयो । त्यसैगरी, स्थानीय र प्रदेश स्तरका क्वारेन्टाइनमा सुरक्षा र बन्दोबस्तीका सामानको अभाव हुन नदिन प्रदेशसँग समन्वय गरी छलफल भइरहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा रहनेको बन्दोबस्ती, सुरक्षा र हाजिरीको व्यवस्थित अभिलेख राख्ने गरी तयारी सुरु गरिएको छ । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको बन्दोबस्ती र सुरक्षाका लागि संघीय सरकारबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरी कार्ययोजना बनाइँदैछ ।

यो समाचार गोरखापत्र अनलाईनबाट साभार गरिएको हो। 

Related posts

Neteller Gambling Establishments: A Complete Overview to Online Gambling with Neteller

अविलास

Best Gambling Establishments that Approve Mastercard: A Comprehensive Overview

अविलास

Best Online Gambling Enterprise Repayment Approaches: A Comprehensive Overview

अविलास

The Exciting Globe of Offline Slots: A Comprehensive Guide

अविलास

Mastercard Gambling Enterprises: An Overview to Playing Online

अविलास

Beste Mastercard Online Gambling Establishments: An Informative Overview

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349