eNepal
Nepal News

२५ जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७

कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे । 

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो ।

अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।

संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेका छन् ।

आज सात महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण भएको छ ।

Related posts

फेरी आईन सिन्धु मल्ल चिटीक्कै भाछु रे भन्दै

Manoj Poudyal

अफ्गानिस्तानको राजधानी काबुलमा भएको बिध्वंसकारी आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, बिवरण सहित

enepal

पर्बत समाज अस्ट्रेलिया गठन

enepal