eNepal
Australia Information

भर्खरै नेपालवाट अस्ट्रेलीया आउनु भएको विद्यार्थीको लागि उत्तम सुझाव

नेपाली विद्यार्थी जो भर्खरै नेपालवाट अस्ट्रेलीया आउनु भएको छ। उनिहरूको धेरै समस्या सुनियो र बुझियो तर सबैमा एकै समस्या देखियो। काम पाईएन, काममा एप्लाई गरेको तर उतावाट Response आएन। यस्ता समस्याहरु बुदागत रूपमा टिपोट गरेको छु। सायद नया विद्यार्थीहरुलाई काम लाग्न सक्छ।

1. सर्वप्रथम Australia आईसके पछि Police Report, Child Clearance वा DCSI बनाउनुहोस।

2. Tax File Number (TFN) र Australian Business Number (ABN) बनाउनुहोस।

3. तपाईहरूले Indeed.com र Seek.com मा प्रोफाईल वनाउनुहोस।

4. के काम गर्नै हो त्यही विषयको Resume वनाउनुहोस। Resume बनाउनु अगाडी Google मा Sample हरू हेर्नुहोस।

5. Resume मा Job Duties and Responsibilities हरू हाल्नुहोस। 

6. मुख्य कुरो Resume मा Reference हाल्नुहोस। Reference मा पहिले काम गरेको व्यक्तीको र यहा Australia मा काम गरेको व्यक्ती राख्नुहोस।

7. जुन कामको लागी ती साईटमा प्रोफाईल बनाउदै हुनुहुन्छ त्यस विषयमा सामान्य जानकारीहरू राख्नुहोस।

8. Youtube साउथका फिल्म हेर्न छाडेर सम्बन्धित कामहरुको भिडियो हेर्ने। Cleaning कामहरूको धेरै भिडियो हुन्छ र यो काम पाउन पनि सजिलो र दिगो हुन्छ।

9. Apply गर्दा सम्बन्धित कंपनि के कस्तो हो बुझ्नुहोस आजकल Fake Job हरूले तपाईको ईमेल लिएर मार्केटिङ्ग पनि गर्छन।

10. १ पटक मात्र हैन पटक पटक Apply गर्नुहोस।

11. Apply गर्दा Resume मात्र दिनुहोला तपाईको Bank Details हरु केही पनि दिनु पर्दैन। 

12. तलब दाखिला गर्न Bank Detail हरू तपाईले Job Agreement Sign गरिसकेपछि मात्र दिनु पर्ने हुन्छ।

13. Tax Job र Sub Contract Job को फरक बुझ्नुहोस।

14. Tax Job कानुनिदायरा भित्र रहेर तपाईलाई Annual Leave, Superannuation ( संचयकोष) र Insurance भएको हुन्छ। 

15. Tax Job मा दिनको ४ घण्टा जुन Part Time हुन्छ वा हप्तामा २० घण्टा मात्र हुन्छ।

16. अर्को ABN Sub Contract हुन्छ जसमा तपाई कानुनिदायरा भित्र रहि ठेक्कामा काम गर्ने हुन्छ। यसमा Tax Job जस्तो सुविधा हुदैन।

17. कामहरू खोज्न दैनिक माथीका साईटहरुमा Apply गर्ने र कतिपय Employer हरूले तत्काल वा कतिपयहरुले १-३ महिनामा Response दिन्छ।

18. Response आएन भनि अल्छी गर्दा आफैलाई Loss हुन्छ।

19. कतिपयहरूले १ काम पाउन त्यही कंपनिमा १७ पटक सम्म Resume अपलोड गरेका उदाहरण पनि छ।

20. राम्रा Company हरुले Job Application मा धेरै कुराहरू हेर्ने गर्छन त्यसैले तिनीहरुको Application नै ७-८ पेजको पनि हुन्छ। झर्को नमानी भर्ने र प्रतिक्षा गर्ने।

21. Apply गरिसकेका कंपनिहरूको email हरु आएको छ छैन हेरिराख्ने।

22.  COVID19 मा अन्यकाम हरू भन्दा Cleaning को कामहरु चलिरहेकोले Cleaning Sector मा Apply गर्न मेरो सुझाव छ।

 अनील उपाध्धाय

Related posts

सन्दीप आबद्ध टिम मेलबर्न स्टार्सको पहिलो हार

enepal

जगद्गुरु महयोगी सिद्दबाबा अस्ट्रेलिया आउने

enepal

पर्यटन मन्त्री योगेश भट्टराई मेल्बोर्न आउँदै, ग्राण्ड हायतमा बिशेष कार्यक्रम आयोजना हुने

enepal