eNepal

विदेशबाट नेपाली भित्र्याएर कोरोनाको थप जोखिम मोल्ने मनस्थितिमा छैनौं’ – प्रधानमन्त्री केपी शर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशभित्रका नागरिकका सुरक्षा गरेपछि मात्र विदेशमा रहेका नेपालीलाई फर्काइने बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, ‘देशभित्रका नागरिकको सुरक्षा प्रबन्ध गरेर बाहिर रहेकाको समस्या समाधान गर्नेमा सरकार क्रियाशील छ।’

भित्र भएका नागरिकको सुरक्षा भएपछि मात्र बाहिर रहेकाको समस्या समाधान गरिने उनको भनाइ छ। विदेशमा रहेका नेपाली फर्काएर तत्काल समस्या समाधान गर्न नसकिने उनले बताए।

प्रधानमन्त्री ओलीले भने, ‘ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टिनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं।’

प्रतिपक्षी सांसदहरूले श्रमका लागि विदेश गएर अहिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नागरिकलाई स्वदेश ल्याएर व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए।

प्रधानमन्त्रीले भने श्रम गन्तव्यमा रहेका मुलुकका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै भने, ‘चिन्ता गर्नु पर्दैन भन्नुभएको छ।’

प्रधानमन्त्रीले कतार, यूएई, बहराइन, ओमान, साइप्रसलवगायत मुलुकका प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिहरूसँग त्यहाँ रहेका नेपालीबारे आफूले कुरा गरेको जानकारी दिए। ४० देखि ४५ लाख नेपाली विदेशमा रहेको अवस्थामा सबैलाई ल्याउन सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीले बताए।

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349