eNepal

मिश्रले मागे सुरक्षा : ‘मलाई मार्ने योजना बन्यो, सुरक्षा पाउँ’

७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले प्रहरीमा उजुरी दिएका छन्। लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका हुन्। 

सांसदत्रय बाँस्कोटा, सूर्य पाठक र प्रेम आलेबाट आफ्नो र परिवारको जिऊ धन जोखिममा रहेको भन्दै मिश्रले निवेदन दिएका हुन् । पाठक बागलुङ १ र आले डोटीबाट निर्वाचित सांसद हुन्। मिश्रले आफ्नो चरित्र हत्या गर्न सांसदत्रयसँगै सुरक्षण मुद्रण कम्पनीका कार्यकारी निर्देशक विकल पौडेल पनि लागि परेको निवेदनमा उल्लेख गरेका छन्। मिश्रले केही दिनअघि ४ जना युवाले उनको घरको तस्बिर खिचेर लगेको र बाँस्कोटाले नै घरको ठेगाना ती युवालाई दिएको निवेदनमा उल्लेख समेत गरेका छन् । 

उनले टोखा नगरपालिका ११ बैकुण्ठपुरीमा पर्ने उनको घरको तस्बिर लिने उनीहरुमध्ये २ जना भारतीय नागरिक जस्ता देखिएको समेत उल्लेख गरेका छन्। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन खानका लागि ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए। त्यो अडियो पहिलो पटक हाम्राकुराले नै बाहिर ल्याएको थियो। त्यसपछि वाध्य भएर बाँस्कोटाले पदबाट राजीनामा नै दिनु परेको थियो।

मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक संजालमा व्यस्त देखिने पूर्वमन्त्री बाँस्कोटा त्यसमा मात्र सीमित नरहेको देखिएको छ। सांसद अपहरण काण्डमा समेत मुछिएको आरोप लागेका बाँस्कोटा मिश्रविरुद्ध मानिस परिचालन गर्ने मामलामा समेत मुछिएबाट उनको गतिविधि शंकास्पद रहेको देखिएको छ। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिना हुँदै आएका छन्। मन्त्री पद खुस्के पनि उनी प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन्।

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349