eNepal

कोरोना, यसको बहुआयामिक प्रभाव ,मानबिय संकट र सन्देश

अशोक टन्डन

काठमाण्डौ,जोरपाटी नेपाल

:-कोभिड १९ बारेमा  पहिला वल्ड  हेल्थ (world health )अर्गनाइजेसनका अधिकारीहरू को भनाइ  ३१ डिसेम्बर, २०१९ मा चीनको हुबेप्रदेशको वुहान सहरमा निमोनियाँका केसहरू धेरै आउन थालेकोमा सतर्क थिए।तर यो भाइरस कुनै पनि अरू भाइरसजस्तो नभएकाकारण नयाँ भाइरसले कसरी असर गर्छ भन्ने थाहा नभएको उनीहरूले बताएका थिए

त्यसकै एक हप्तापछि जनवरीमा चिनियाँ अधिकारीहरूले नयाँ भाइरस पत्ता लागेको बताए नयाँ भाइरस कोरोना भाइरस रहेको अन्य रुघाखोकी, सार्स तथा मर्स (श्वासप्रश्वाससम्बन्धी रोग) भन्ने भाइरसकै परिवारका रहेको बताएका थिए जोकोहीको श्वासप्रश्वासबाट यो रोग सर्छ

श्वासप्रश्वाससम्बन्धी रोग भएकाले यो एक मानिसबाट अर्को मानिसमा सर्ने रोग हो अनुसन्धानकर्ताहरू यो रोगको औषधी खोज्नतल्लीन छन्, तर अझ सम्म पता लगाएको छैन  अहिले बिश्व नै यहि माहामारी बाट बच्न विभिन्न प्रयत्न गरिरहेका छन जस्को प्रभावस्वरुप मानबिय क्षति भयाबह    नै ,त्यो भन्दा  सामाजिक ,आर्थिक ,मनोबैज्ञानिक ,बाताबरणिय क्षती डरलाग्दो  स्थिती मा बिश्वब्यापी  देखा पर्दै छन।

कोरोना महामारी को बिश्वब्यापी अवस्था   

चीनको वुहान शहरदेखि गत डिसेम्बरबाट सुरु भएको कोरोना (कोभिड १९) भाइरसको प्रभाव अहिले २०५ देशहरुमा फैलिसकेको पछिल्लो तत्थ्यांक (जेठ गते दिउंसोको बजे) अनुसार यस रोगबाट करिब ४८ लाख ३७ हजार ९४जना  मानिस संक्रमित छन् भनेकरिब ३लाख १७ हजार सय ३जना  मानिसले यही रोगका कारण आफ्नो ज्यान गुमाउनु परेको यद्धपि १८ लाख ७२ हजार २४जनामानिसहरु निको पनि भएका छन् एकातिर संक्रमित मृत्यु हुनेहरुको आंकडा दिनप्रतिदिन बढ्दै गएको भने अर्काेतिर प्रायजसोदेशहरु लकडाउनमा गएकाले मानिसको जनजीवन कष्टकर बन्दै गएको अमेरिका, इटली, फ्रान्स, जर्मन, चाइना रुस ,ब्राजिल,भारत  लगायतका  अरब  मुलुक देशहरुमा यसको ठूलो असर देखिएको भने यसको प्रभाव सबैजसो मुलुकमा देखिन थालेको कोरोना महामारीलाई विश्व स्वास्थ्य संगठनले ग्लोबल इमरजेन्सीको रुपमा घोषणा  गरिसकेको भने अन्तर्रा्ष्ट्रिय मुद्रा कोष(आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले कोरोनाको प्रभाव २००८ को विश्वव्यापी वित्तीय संकटभन्दा पनि ठूलो हुनेचेतावनी दिएकी छन् भर्खरै मात्र संघीय संरचनाहरु अभ्यासरत हुंदै गएको विकासको एजेन्डालाई प्रमुख रुपमा लिन थालेको नेपालजस्तो देश पनि विश्व अर्थतन्त्रमा देखापर्ने संकटबाट अछुतो रहन नसक्ने प्रष्ट

 नेपालको अवस्था 

चिनको वुहान शहरदेखि सुरु भएको कोरोना महामारी (कोभीड१९)ले बिश्व आम जगत लाई प्रभाव पार्दा छिमेकी मुलुक नेपाल पनिअछुतो हुन सकेन पहिला केही दिनमा चिनमा कोरोना  प्रभाव बढोत्तरी हुँदा नेपाल आफ्नो घोषित कार्यक्रम अन्तर्गत भ्रमण बर्ष(२०२०)मनाउने सुरुवाती चरणमा थियो जब छिमेकी मुलुक चीन लगायत बिश्व अरु रास्ट्रमा यस्को प्रभाव स्वरुप आमनागरिक संकटदेखा पर्न थाल्यो ,नेपालका संबंधित अधिकारी हरु नेपाल कोरोना(मुक्त ) सुरक्षीत रास्ट्र हो भ्रमण गर्न आउनुहोस् भनी आह्वान गर्दै थिए जब तिब्रतर प्रभाव ले  बिश्वका अधिकाश देश मा यो महामारी प्रभाव बाट  मानबिय क्षती ,संक्रमित संख्या वृद्धि  हुन थाल्यो ,यस्तोभयावह अवस्थामा  साबधानी रहन सरकारले पहल कदमी स्वरूप सबै कार्यक्रम स्थगित गरि नेपाल सरकार  सचेतना  नयाँ कार्यक्रम  सहित रोकथामका लागी  प्राथमिक चरण अपनाउन थाल्यो बिश्व स्वास्थ सङ्गठन नेपाल अत्यन्तै जोमिख रास्ट्र रुपमा  घोषण गर्यो,जस्को पहलकदमी स्वरुप भयावह स्थितिबाट बच्न अहिले बन्दाबन्दी(lockdown)लगाएको अवस्था   नेपालमा कोरोनाबाटसंक्रमित पहिलो ब्यक्ति नै यस्को केन्द्रबिन्दु  चीन को हुवान प्रान्त मा अध्यनरत बिद्यार्थी रहेका छन,जुन बिद्यार्थी अहिले निको भइ घरफर्केको अवस्था जहाँ अध्यरत  १७५ जना बिद्यार्थी लाई उदार गरि नेपाल ल्याइ क्वारेनटाइन राखिएको थियो ,उनिहरु संक्रमितनरहेको हुँदा अहिले घर फर्की सकेका छन। हालसम्म संक्रमित आशका गरिएका १५००जना स्वास्थ परिक्षण गर्दा ( जेठ नेपालमा ३७५ जना मात्र संक्रमित  भएको अवस्था भने  जनाको ज्यान गुमाएको अवस्था ,३६जना निको भइ घर फर्केको अवस्था   ,उनिहरु मध्ये धेरै बिदेश भारत बाट आएकालाई संक्रमित देखिएकोमा पहिलो पटक  धनगढीमा  बिदेश बाट आएका संक्रमित  ब्यक्तिको (भाउजू ) लाई देखा परेको थियोे  अब यो सङ्गै नेपाल पनि लोकल टान्मिसन (कलस्टर) भै दोस्रो चरण प्रबेश गरेको थियो हालआएर  भारत बाट आएका नेपाली हरु सक्रमित हुँदा समुदाय नै यस्को उच्च जोखिम भएको अवस्था

बिश्व अर्थतन्त्र कस्तो  प्रभाव 

कोभिड१९ संक्रमणको फैलावटको अनिश्चित प्रवृत्तिका कारण विश्व अर्थतन्त्रबारे गरिएका प्रक्षेपण पटकपटक संशोधन गर्नुपर्नेपरिस्थिति सिर्जना भएको छ। सारा बिश्व नै लगडाउन अवस्था रहेको हुँदा बस्तु तथा सेवाको माग आपूर्ति दुबैमा पर्कट भएको अबरोधकारण कारोबार  न्युन हुँदा  बिश्व इतिहासमै नराम्रो मन्दी को सामाना गर्नु परेको रोजगारी  आयमा भारी गिरावट  हुँदा आमनागरिक को दैनिकी कष्ट कर बन्दै गएको कुरा संयुत्तरास्ट्र संघ ले बताउदै आएको हालसम्म बिश्वमा झन्डै करोड मानिस रोजगारबिहिन भएको अवस्था सिर्जना भएको जस्को प्रभाव अरु क्षेत्र गिरावट आउने संकेत जानकार बताउँछन्।उत्पादन  ब्यापार वैदेशिकलगानी  पनि गिरावट हुने देखिन्छ जस्को प्रभाव ले यस्तो अबस्थामा वैदेशिक सहयोग गर्न नसक्ने शक्तिशाली रास्ट्र हरुले घोषणा गर्दैछन पर्यटन क्षेत्रमा प्रभावले कुल गास्थ उत्पादन योगदान गर्न नसक्ने हुँदा  , जस्को प्रभाव स्वरूप आर्थिक वृद्धि गिरावट हुने देखिन्छ मुल्य बितिय क्षेत्रमा प्रभाव हुँदा मुल्य वृद्धि भइ एकातिर बस्तु मुल्य अवमुल्यन  हुने अर्कोतिर तरलता ब्यबस्थापन गर्न कठिनाइ पर्नेदेखिन्छ उल्लेखित क्षेत्र प्रभाव हुँदा बस्तु तथा सेबाको उत्पादन वितरण गतिविधि ठ्प्प प्रायः हुँदा आर्थिक वृद्धि उल्लेखनीय गिरावटहुनेछन् केहि  यसै परिप्रेक्षमा एस एन्ड पी ग्लोबल रेटिंगले आफ्नो १४ मार्चको अपडेटलाई संशोधन गरी सन् २०२० मा विश्व आर्थिकवृद्धिदर ज्यादै न्यून भई . प्रतिशतमा झर्ने सन् २०२१ मा फेरि सुधार भई . प्रतिशतमा उक्लने प्रक्षेपण गरेको पछिल्ला दिनमासंक्रमण द्रुतगतिमा बढ्दै गएकाले शक्तिशाली मुलुक  अमेरिका युरोपको आर्थिक वृद्धिदर प्रतिशत चीनको प्रतिशतभन्दा कमरहने अनुमान अर्थतन्त्रमा आउने यस्तो गिरावटले चीननिकट जापान, कोरिया, पूर्वी दक्षिणपूर्वी एसियालगायत केही अर्थतन्त्र, वस्तु निर्यातकर्ता मुलुक युरोपियन क्षेत्रलाई बढी प्रभाव पार्नेछ अर्थशास्त्रीहरूको विश्लेषणमा विश्व अर्थतन्त्र सन् २०२१ मा भनेक्रमशः सुधारोन्मुख हुनेछ तर, यस्तो सुधारको स्वरूप मात्रा भने महामारीले कहाँसम्म, कहिलेसम्म, कतिसम्म कस्तो प्रभाव पार्छ ? त्यसको नियन्त्रणका लागि लिइएका नीति कति प्रभावकारी उपलब्धिमूलक हुन्छन् भन्नेमा भर पर्छ

नेपालमा आर्थिक प्रभाब

कोरोना महासङ्कटबाट सिङ्गो विश्व नै आक्रान्त भइरहेको बेला हाम्रो देशसमेत त्यसको प्रभाव बाट अक्षुतो हुन सकेन यस्को प्रभाव मानवीय क्षती न्यूनीकरण गर्न देश अहिले( बन्दाबन्दी) लकडाउन को अबस्थामा यस्ले आमनागरिक को  आर्थिक सामाजिक,मनोबैज्ञानिक असर पुगेकै त्योभन्दा ज्यादा असर अर्थतन्त्र हुने देखिएको छ।हाम्रो जस्तो अल्पबिकसित मुलुक बिकास को गतीसमाउदै  गरेको अबस्थामा ब्रेक लागेको सरकारले प्रक्षेपण गरेको आर्थिक बुद्धिदर . अब कागजमै सिमित हुने यहि अबस्थामाकोरोना रोकथाम हुन सके मात्र प्रतिशत आर्थिक बुद्धि हुने कुरा जानकार बताउँछ उधोग ,ब्यबसाय ,उत्पादन  ,रोजगार ,निर्माण, पर्यटन  ,सेबा पुरै ठप्प  अबस्थामा छन ,कुल गास्थ उत्पादनमा योगदान गर्ने कृषि ,पर्यटन ,रेमिट्यान्स प्रभावित हुँदा आर्थिक बुद्धि दर न्यूनहुने देखिन्छ रेमिट्यान्स प्रभावका कारण हुने आर्थिक चलखेल शुन्य प्रायः हुँदा त्यो सङ्ग जोडिएका सेबा का क्षेत्र प्रभावित छन भनेअर्कोतिर वैदेशिक रोजगारी कटौती ले गर्दा युबा हरु को नेपाल आउने संख्या बुद्धि हुन जाने स्थिति जस्ले गर्दा नेपाल मा रोजगारीतत्काल उपलब्ध नहुदा सामाजिक बिचलन हुने खतरापूर्ण स्थिति निर्माण काम प्रायः ठप्प हुदा लागत बढने चिन्ता समयमैआयोजना नसिद्धिने अवस्था आएको पर्यटन ब्यबसाय सँकुचित हुँदा प्रत्यक्ष ,अप्रत्यक्ष १० लाख रोजगारी गुम्ने खतरा आएको ,अर्कोतिर बैक बितिय सस्थाको लगानी रहेको  पर्यटन क्षेत्र  बन्द हुँदा बैकिङ्ग समस्या देखापर्ने स्थिति सिर्जना भएको कृषि लागिआबस्यक मल,बीउ बिजन औजार ब्यबस्थापन गर्न असहजता आउँदा पुरानो कृषि प्रणाली ले काम नगर्दा कृषिले योगदान गरेको आर्थिकवृद्धिदर घट्ने सकेत देखिएको निजि क्षेत्र निरास हुने अवस्था आएको यो बेला सरकारले जुन प्रकारको  आर्थिक क्षतीन्यूनीकरण गर्न सुरक्षात्मक पहलकदमी लिनुपर्ने हो त्यसको बिल्कुल अभाव भइरहेको लकडाउनको घोषणा गरिएको , सिङ्गैआपूर्ति व्यवस्था लथालिङ्ग भताभुङ्ग विकसित मुलुकहरूको जस्तो घरघरमा आपूर्ति व्यवस्था गर्ने ल्याकतमा सरकार छैन नै, न्यूनतम् आपूर्तिलाई समेत सहज गर्न सकिरहेको छैन महँगी व्यापक बढिरहेको यही बेला व्यापारीहरूले हरवस्तु लुकाएर कृत्रिमअभाव उत्पन्न गरिरहेका छन्  

विदेशबाट आउने रेमिट्यान्सले चलेको अर्थतन्त्र अब कसरी टिक्छ ? राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता तमाम जनताले महसुस गर्ने नै छन्, बरु हाम्रा  बौद्धिक मित्रहरू राजनेताहरूले भने गर्ने हुन् वा होइन त्यो चाहिँ हेर्न बाकी नै तर पनि यस्तै चुनौतीसामाना गर्दै  उच्च मनोबल साथ अबसर बदल्ने समय आएको

बिश्व सामु यस्को चुनौती 

कोरोना प्रभावको कारण  संसारभरका आम मानिसहरूको जीवनचर्या नै जबर्जस्ती फेरिएको कोरोनाको प्रभाव रोक्न विविधरक्षात्मक उपायहरू लगाइए पनि कोरोनाको भयानक फैलावट निरन्तर जारी मानिसले मानिसमाथि युद्ध गर्न निर्मित महाशक्तिशालीआणविक अस्त्रहरू यतिबेला कोरोनाविरुद्ध निष्काम भएका छन् हालसम्म मेडिकल साइन्स समेत यो भाइरस रोकथाम लागि भ्याक्सिनपत्ता लगाउन सकेको छैन प्राविधिक चमत्कारको प्रयोग ले  निकै ठूलो उचाइमा पुगेको मानव जीवन  उसको श्रेष्ठतामाथि नराम्ररीधक्का लागेको सिङ्गो मानव जातिका रोग निवारण   लागि प्रयोग लागि गरिएको प्रबिधियुत्त बिकास ले आज काम गरेको छैन,बिज्ञान लाई समेत चुनौती दिएको छ।  ‘बन्दाबन्दी अर्थात् आफूले आफैँलाई गरिएको तालाबन्दीको तरिकाले मानिसहरू कोरोनाविरुद्धप्रतिरक्षाको युद्ध लडिरहेका छन् यो लकडाउन कति दिनसम्म टिकाउन हो ,यस्को प्रभाव कति जेल रहने हो निक्र्योल हुन सकेको छैन अर्कोतिर आर्थिक ,सामाजिक ,मनोबैज्ञानिक कस्तो भयावह स्थिति आउने  हो आकलन गर्न सकिएको छैन यस्तो चुनौतीपूर्ण अवस्थाकसरी पार लगाउने हो, पर्ख हेर सिबाय तत्काल अचुक औषधि छैन

मानव जातिमा भबिस्यको चुनौती 

 मानवजातिको उत्पत्तिपूर्वदेखि नै प्राणीजगतका विरुद्ध यसखाले महाविनाशका घटनाहरू बेलाबखत हुँदै आइरहेका देखिन्छन् कुनै बेलात्यो अतिवृष्टि, अनावृष्टि, महाहिमपात, महाभूकम्प, सुनामी तथा बेलाबखतमा प्रकट हुने ज्यानमारा भाइरस ब्याक्टेरियाहरूको महामारीबनेर प्रकट हुने गरेका तथ्यहरू आजको मानवका लागि अनौठा घटना भने होइनन् यो तमाम कुराको जानकारी हुँदाहुँदै पनि वर्तमानविश्वका लागि चुनौतीपूर्ण कुरा के हो भने आफूलाई प्रविधि चेतनाका दृष्टिले सर्वोच्च प्राणी ठान्ने मानवजाति त्यसको पनि ठूलोठेक्का लिएका महाशक्तिहरू कोरोना समक्ष अति कमजोर निरीह बनेका छन् उनीहरूको घमण्ड चुरचुर भएको यो निरीहतालेउनीहरूको चिन्तन दृष्टि शासन प्रणालीको समेत टिठलाग्दो उदेकलाग्दो अवस्थालाई उजागर गरिदिएको

कोरोना आक्रमणले विश्वभरिकै अर्थतन्त्र तहसनहस हुने स्थितिमा संसारभरको राजनीतिले यतिबेला जाम खाएको सैनिकप्रभुत्वहरू तेजोबध भएका छन् आखिर प्रकृतिसामु मानवीय क्रियाकलाप अझ भनौँ अनावश्यक चुरीफुरी लाखको एक अंश पनि होइनभन्ने प्रमाणित भयो यो महासङ्कटको बेला कुनै पनि व्यक्ति वा राष्ट्रले अरूमाथि दोष थोपरेर आफू उन्मुक्त हुने प्रयास आकाशतिरमुख फर्काएर थुक्नुजस्तै हो, बरु यो महासङ्कटले मानवजातिलाई आगामी दिनमा हुनसक्ने यस्तै अरू सङ्कटसँग जुध्न ठूलो शिक्षाप्रदान गरेको अहिले अबस्था सम्म आउँदा देखिएका असर ले आगामी दिन अझै चुनौतीपूर्ण देखिन्छ ,तर आत्मबल साथ यो कुरालाईगम्भीरताका साथ आत्मसात गर्दै 

कोरोनाविरुद्धको युद्धमा आफूलाई होम्नु प्रत्येक राष्ट्र हरेक मानव को कर्तव्य हो

बाताबरण जीवन जगतमा प्रार्ने प्रभाव 

बढ्दो जनसंख्या वृद्धि प्रबिधि को उच्चतम प्रयोग  कारण  जलबायु परिवर्तन ले पृथ्वीको तापमानमा निरन्तर भइरहेको फेरबदललेयसको वातावरण भौगोलिक संरचनामा समेत केही लाख हजार वर्षहरूमा ठूला उथलपुथलहरू आउने तथ्यांक हेर्दै आएको हो तीउथलपुथलहरू प्राणीजगत्का लागि प्राकृतिक प्रकोप तथा जैविक वातावरणीय चुनौतीका रूपमा समेत व्यक्त हुने गर्दछन् त्यसलाईझेल्दै आउने क्रममा आजका समस्त प्राणीहरू त्यसको सर्वोच्च प्रतिनिधि मानवको अस्तित्व कायम रहेको हो मानिसले प्रकृतिको योआन्तरिक संरचनामा हुने फेरबदल त्यसबाट पैदा हुनसक्ने दुर्घटनाहरूलाई रोक्न कदापि सक्दैन, बरु आजको मानवका लागि सम्भव आवश्यक कुरा भनेको त्यसखाले महासङ्कटको पूर्वानुमान गर्दै त्यसको प्रतिरक्षाको शक्तिशाली तयारी गर्नु हो विडम्बना, आजकोमानव यो जिम्मेवारीभन्दा निकै टाढा , बरु उल्टो मानवक्रियाकलापकै कारण पृथ्वीको तापमानमा अनपेक्षित वृद्धि हुनुले वातावरणीय जैविक प्रतिकूलताहरू झन् बढिरहेको विज्ञहरूले बेलाबखत बताउदै आएका छन् चेतावनी दिइरहेका छन् विज्ञहरूबाट पर्यावरणीयचुनौतीको जोखिमबारे सचेत गराउँदागराउँदै पनि सबैजसो राष्ट्रहरूले यसलाई कम आँकिरहेका छन् वा बेवास्ता गरिरहेका छन् आजकोकोरोना मात्र होइन, केही समयअघि देखापरेका इबोला, स्वाइन फ्लु, सार्सजस्ता भाइरस ब्याक्टेरियाहरूको उत्पत्ति यही पर्यावरणीयचुनौतीकै एउटा परिणाम हो भन्नेमा कुनै विमति हुँदैन मानवजातिले यसबारे अझै नसोच्ने हो पर्यावरणको विनाश गर्दै जाने हो भनेभविष्यमा योभन्दा दसौ सयौँ गुणा ठूला सङ्कट झेल्नुपर्नेमा कुनै शङ्का छैन यसर्थ पर्यावरणको रक्षा नै मानव अस्तित्व हो भन्ने कुराबेलैमा सबैले सोचौँ कदम उठाऔँ बाताबरण पर्यावरण  को सुरक्षा नै कोरोनाजस्ता महासङकट बाट बच्ने उपाय हुन!

मानव सभ्यता 

जबजब मानवजाति विकसित हुँदै अघि बढ्यो मानवीय मूल्यमाथि चुनौतीहरू त्यत्तिकै बढ्दै गएका तथ्यहरू सबैका सामु छर्लङ्ग छन् हुनत आजको मानव हिजोको झैँ फलामका साङ्लाहरूले बाँधिएको प्रत्यक्ष दास छैन तर जुन प्रकारको उत्पादनप्रणाली आज संसारमाव्याप्त यसले मानवीय मूल्यलाई निरन्तर क्षयीकरणतिर धकेलिरहेको मानिसको निकै ठूलो सङ्ख्या निश्चित पहुँचवाला व्यक्ति समूहको अप्रत्यक्ष दास बनिरहेको जुन व्यक्ति समूहसँग उत्पादनका साधनहरूमाथिको ठूलो पहुँच कायम उनीहरू स्वतन्त्र निर्भीक छन् उत्पादनका साधनहरूबाट वञ्चित निकै ठूलो सङ्ख्या भने अभाव अपमानबाट पैदा हुने विकार सन्त्रासकोस्वतन्त्रताझेलिरहेको आजको मानवीय मूल्य व्यक्तिसर्वोच्चता (Individual supermacy) को पुँजीवादी सिद्धान्तमा चलिरहेको सक्नेले बाँच्ने, नसक्ने मर्ने यही सिद्धान्तले संसारमा राज गरिरहेको यो सिद्धान्तको केन्द्रस्थलमा रहेको निजत्व आफ्ना सम्पूर्णभौतिक बौद्धिक सम्पत्तिलाई अँठ्याएर राख्नु तिनको रक्षाका लागि अरूको सम्पत्ति हडप गर्नु, त्यसका लागि जुनकुनै मूल्य चुकाउनतयार हुनु उस्तै परे विश्वयुद्धसमेत थोपर्नु यो सिद्धान्तको अनिवार्य विशेषता हो संसारमा ठूला राष्ट्रहरूले साना राष्ट्रहरूलाई निषेध गर्नु समाजमा हुनेखानेहरूले गरिब श्रमजीवीहरूलाई निचोर्नु त्यसकै परिणाम हो यो मानवीय मूल्य समग्र मानवजातिको उन्मुक्त भविष्यकालागि विनाशक साबित भइरहेको संसारभरका मानिसहरू कोरोना महासङ्कटमाथि विजय प्राप्त गर्न एक ढिक्का भएर लड्नुपर्नेआजको आवश्यकता हुँदै हो भोलिको आवश्यकतालाई समेत ध्यानमा राखेर उच्च मानवीय एकता कायम राख्न जरुरी तर त्योएकताको मुख्य बाधक तत्व त्यहीव्यक्ति सर्वोच्चताको भाइरस रहेको ,जस्को प्रभाव स्वरुप मानव सभ्यता पहिचान नरहने  होकिभन्ने चिन्ता पनि देखिन्छ त्यसले समग्र मानवएकतालाई भताभुङ्ग पारिरहेको देशदेशका बीच, जातिजातिका बीच, क्षेत्रक्षेत्रकाबीच, धर्मसम्प्रदाय लिङ्गका बीचको एकता सहअस्तित्वलाई ध्वस्त बनाइरहेको आदिम दासत्वको नकारात्मक विरासतकारूपमा बाँचिरहेको आधुनिक दासत्वको यो मूल्यप्रणालीलाई ध्वस्त पारेर नयाँ मानवीय मूल्यको विकास कोरोना महासङ्कटको शिक्षाहो।

बिश्व लाई दिएको सन्देस

जसरी आजको मानवीय मूल्यको नेतृत्वदायी स्थानमा व्यक्ति सर्वोच्चताको सिद्धान्त कायम रहेको ठीक त्यसैगरी आजको दुनियाँकोराजनीतिक प्रणाली निजी पुँजी थुपार्ने होडबाजीमा केन्द्रित रहेको आजको राजनीतिक प्रणालीले पुँजीवादी मुनाफाको अर्थनीतिलाईबलियोसँग समातेको प्रत्येक वस्तुलाईमालमा परिणत गर्नु हरसङ्कटमा नाफाको व्यापार गर्नु उसको नीतिशास्त्र हो आजएकातिर कोरोनाको आक्रमणले दैनिक हजारौँ मानिसको ज्यान गइरहेको भने अर्कोतिर पुँजीवादी व्यापारीहरू सत्ताराजनीतिकोआडमा ठूलाठूला कमिसनको योजना बुनिरहेका छन् बजारमा सामान्यभन्दा सामान्य वस्तु मास्क हातमा लगाउने पन्जाको समेतअभाव यही बेला औषधीमुलोको अभाव उत्पन्न गराइएको दैनिक उपभोगका वस्तुहरूको निरन्तर अभाव बढिरहेको उता यहीमौकामा निकै नाफा कमाउने उद्देश्यका साथ गुणस्तरहीन सामानको उत्पादन बिक्रीवितरण भइरहेको बजारमा बढिरहेको कृत्रिमअभाव, मूल्यवृद्धि अराजकता त्यसकै परिणामहरू हुन्

भनिन्छजनताका हकहित अधिकारको रक्षा राजनीतिक प्रणालीको आधारभूत दायित्व हो तर दुनियाँमा व्याप्त पुँजीवादी राजनीतिकप्रणालीले जनताको हकहित अधिकारलाई व्यापारको वस्तु बनाइरहेको बाहिर सडकमा जनहित अधिकारको चर्को नारालगाइन्छ तर अन्तर्यमा भने मुनाफा आर्जनको घटिया व्यवहार रहेको हुन्छ कोरोना भाइरसका बिरुद्ध पत्तो लाग्ने एन्टीभाइरस पनिप्रतिव्यक्ति हजारौँ डलरका दरले व्यापार हुनसक्ने सम्भावनालाई नकार गर्न सकिँदैन

आजको पुँजीवादी राजनीतिक प्रणालीले बाँच्ने अवसर पनि बलिया राष्ट्र सम्पन्न व्यक्तिहरूलाई मात्र प्रदान गरेको हुनतयतिबेलासम्म बलिया मात्र होइन, अति महाशक्ति राष्ट्रहरूसमेत कोरोनाको उच्च जोखिममा रहेका छन् त्यहाँ हजारौँ जनताको मृत्युभइसकेका समाचारहरू प्रसारण भइरहेका छन् तर यत्रो क्षति हुँदाहुँदै पनि कोरोना भाइरसका विरुद्ध प्रयोग गर्न उत्पादन हुनसक्नेएन्टीभाइरस वा कुनै पनि औषधी उनीहरूले नै पत्तो लगाउनेछन् किनकि उनीहरूसँग उच्च प्रविधि संसारभरका मानिसहरूको पसिनाचुसेर थुपारिएको पुँजीको अथाह केन्द्रीकरण रहेको कमजोर मुलुकहरूमा यसखाले पुँजीवादी अझ दलाल पुँजीवादी राजनीतिकप्रणाली रहँदासम्म आमजनतामाथि पर्ने दर्जनौँ सयौँ सङ्कटहरू कैयौँ ठूलो सङ्ख्यामा जीवनको बलिदानीबाट मात्र भुक्तानी हुनेसर्वविदितै तर यिनै कमजोर भनिने देशका प्रधानमन्त्री मन्त्रीहरू भने कुनै रोगको जोखिममा पर्दा उनीहरू राज्यको लाखौँ ढुकुटीरित्याएर बाँच्न सक्छन् तर त्योभन्दा कम जोखिमका रोगहरूबाट पीडित उनीहरूकै देशका लाखौँ जनता मरिरहँदा राज्य बेखबर रहन्छ यसप्रकारको असमान व्यवहार प्रदान गर्ने राजनीतिक प्रणालीको अन्त्य गरेर सम्पूर्ण जनतालाई समान अवसर प्रदान गर्ने नयाँ राजनीतिकप्रणालीको रचना गर्नु कोरोना महासङ्कट दिएको सन्देश हो।

कोरोना बाट बच्ने उपायहरु

कोरोना प्रभावबाट बच्न दुनियाँभर अवलम्बन गरिएको सबैभन्दा व्यावहारिक विधि भनेको एकान्तबास अर्थात् सेल्फ क्वारेन्टाइन रहन गयोभने प्राथमिक रुपमा स्यानेटाइजर लगाउने ,मास्क लगाउने ,साबुन पानी हात धुने जस्ता प्राथमिक उपाय हुन एकान्तबाँस सबैभन्दा  राम्रो  आत्मरक्षाको रणनीति साबित हुन गएको साना सहर गाउँको तुलनामा ठूला सहरहरू बढी जोखिमयुक्त साबित भए योकुरा ठूला अन्य प्राकृतिक प्रकोपको हकमा पनि त्यत्तिकै लागू हुने यथार्थ हो प्रकृतिका विरुद्धको युद्धमा मात्र होइन, मानिसहरू स्वयम्लेलड्नसक्ने आमविनाशकारी आणविक युद्धबाट समेत क्षति कम गर्न साना सहरको बस्तीप्रणाली लागू गर्नु भविष्यको एक अत्यावश्यकसर्त बन्न गएको यद्यपि एकअर्को सहरबीचको अन्तरसम्बन्धलाई निरन्तरता दिन सुव्यवस्थित गर्न थप अध्ययनअनुसन्धान हुनुआवश्यक तसर्थ मेडिकल साइन्स भ्यासिन पत्ता नलगाउन्जेल अपनाउनु पर्ने साबधानी यी हुन।

सस्कृतिमा पार्ने प्रभाव 

यस्को प्रभाव ले बन्दै आएको एकखाले सस्कृतिक आधारस्तभ फेरबदल हुने देखिन्छ मानिस हरुको एकआपसमा हार्दिक साथ मनाइनेपर्व हरु मा बिचलित आएको अहिले यहि बिचमा परेका चाड्पर्ब खाली औपचारिकता मा सिमित भएका छन आपसि भातृत्व मित्रब्यत व्यबहार टाडिएको वास्तवमा कोरोना महासङ्कट प्रकृति मानवबीचको एक अप्रत्यासित तर एक अपरिहार्य महायुद्ध हो जस्ले  सस्कृतिक आधार भत्काउने देखिन्छ मानव अस्तित्वका लागि यो लडाइँमा मानवजातिको विजय अत्यावश्क यो सम्भव पनि किनकि संसारभरका वैज्ञानिकहरू यो युद्धको अग्रमोर्चामा डटिरहेका छन् तर यो महासङ्कट केवल प्राकृतिक मात्र होइन यो मानवसिर्जित प्रकृतिको परिणाम पनि हो भन्नेमा आजको मानवले बोध गर्नैपर्छ यसको महामारी जसरी विश्वभर व्यापक भइरहेको त्योआजको उत्पादनप्रणाली राजनीतिक व्यवस्थाको परिणाम पनि हो आजको विश्वमा व्याप्त सामाजिक मूल्य राजनीतिक प्रणालीरहँदासम्म मानव जातिले बेहोर्नुपर्ने यसखाले महासङ्कटको कोटा भुक्तानी त्यति सामान्य हुने देखिँदैन कोरोना महासङ्कटको अतिमहत्वपूर्ण शिक्षा भनेको नयाँ विश्व, नयाँ राजनीतिक प्रणाली नयाँ मानव हो त्यसका लागि पुँजीवादसँगको सम्बन्धविच्छेद तथासाम्यवादको यात्राबाहेक अर्को कुनै पनि विकल्प छैन जुन साम्यवाद वास्तवमा मानवमानवबीच युद्धको अन्त्य हो सास्कृतिक आधारस्तम्भ को बचावट पनि हो!

यस्तो संघिन मोडमा  पुगेको बिश्व लाई  पुरानै अबस्थामा ल्याउन  अबका दिनमा प्रकृति मानव बिच सन्तुलन ल्याउन प्रकृति उपर हुनेमानबिय क्रियाकलाप रोक्नु पर्ने देखिन्छ सन्तुलन मिलाउदै गरिने कार्यले मानव जिबनको अस्तित्व टिकाइ राख्न सकिन्छ ,अब पाठसिक्दै उच्च   मनोबल का साथ बाच्नु नै अहिले को प्रमुख उदेश्य हो एकपटक विभिन्न चुनौती को सामाना गर्दै यो क्षती लाई अबसर माबदल्ने जिम्मेवारी मानव  जातिमा आएको

(लेखक अर्थशास्त्रका विद्यार्थी हुन)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349