eNepal

अमेरिकाकाे मेरिल्यान्डमा एकको डुबेर मृत्यु

अमेरिकाकाे मेरिल्यान्डमा बसाेबास गर्दै आएका २५ वर्षिय आशीष केंसीकाे तलाउमा डुबेर  आईतबार ज्यान गएकाे छ 

मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरकाे हवाला दिदै मेरिल्याण्ड जनरल एसेम्वली डेलिगेट ह्यारी भन्डारीले मुत्यु भएकाे पुष्टि गरेका हुन ।

विगत तीन वर्ष देखि मेरिल्याण्डमा वस्दै  आएका नेपालको वाग्लुङ्ग का  केसी गत शुक्रवार मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबे का हुन ।

उद्धारकर्ताहरुले उद्धार गरि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा  पुर्याएका थिए । उपचारकाे 

क्रममा आईतवार  उनकाे दुखद निधन भएको हो । उनी साथीहरुसंग मिलेर तलावमा पाैडी खेल्न गएका थिए ।

तलाउमा डुबेर मध्य भागमा पुगेपछि चिच्याएपछि सँगै पुगेका साथीहरु र अन्यले उद्दारको प्रयास गरेका थिए । साथीहरुले उद्दार गर्न नसकेपछि तुरुन्तै ९११ मा कल गरेपछि प्रहरी र उद्दारकर्ताकाे टाेली पुगेकाे डेलिगेट भन्डारीले जानकारी दिए । 

हेलिकप्टर सहितको टोलीले उहाँको उद्धार गरेर अस्पताल पुर्याएकाे थियाे  ।अस्पतालका अनुसार तीन पटक सम्म वन्द भएको मुटुको धडकनलाई फर्काउन सफल भएका थिए ।

आशिषकाे  अस्पताल  पुराउने समयसम्म  मुटुको धडकन (हर्ट विट) अवरुद्ध भएको,मृगौला फेल भएको र व्रेनमा समेत गम्भिर असर परिसकेकोले उनलाई चिकित्सकले बचाउन सकेनन ।

साभार: युएसनेपाल पोस्ट

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349