काम सकेर थकित मुद्रामा घर फर्किदै थिए। अस्ट्रेलीयामा यसपाली जाडो सधै भन्दा अलिक छिटो आए जस्तो आभास भयो।ठ्याक्कै पुष माघको कठ्याङ्ग्रिदो जाडो। नेपालबाट ल्याएको नर्थफेसको ज्याकेट, कालो कत्ले पाईन्ट, छड्के भिर्ने ब्याग अनि कानमा ठोसेको एयरफोन। आईफोन किन्ने धोको यहि अस्ट्रेलीयाले पुराई दियो। भिषा र पासपोर्ट थमाई दिए दिई हाल्दो रहेछ न पैसो चाहिने। किस्ताबन्दीमा पाईने भए पछि।
नेपाल हुँदा सोच्थे। ओ हो हेर त तोरी साथाहरु आईफोन बोक्छन्,फलानो त चिल्ला गाडीमा हिड्छ। कति मोज गरेर बसेका हुन्। पछि आएपछि बुझे किस्ताबन्दी वाला रहिछन् प्राय सबै।
मन भनेको सझै ठुलो बनाउनु पर्छ भन्नेको सन्दै हुर्केको परियो। जिवनमा सधै यहि पिरले सताई रह्यो। यो रिसाउला, उ रिसाउला, उसलाई खुसी पार्छु, त्यो किन रिसायो, फलानो किन मसँग बटारिएको होला, अव यसलाई खुसी बनाउँछु भन्दा भन्दै जिवनको पहिलो किस्ता सकिएको पत्तै पाईएन। भलै नव्वे बर्षनै बाँचिएछ भने पनि जिवनक पहिलो हिस्सा आफ्नो भन्दा दुनियाँको चिन्ताले बितेको पत्तै पाईएन।
बिदेश छिर्ने रहर कमैलाई हुन्छ। केही हुन्छ, केही गर्छु, केही कमाउँछु भनेरनै प्राए बिदेश छिर्ने हुन्। मोजमस्ती गर्न कमै मात्र बिदेश जान्छन्। बोरु अहिले फेसन बन्दै छ बिदेश। अमेरीका अस्ट्रेलीया जाने घरको पैत्रीक सम्पती उढाउने फेशन बिस्तारै हावी बन्दैछ। घरको ओच्छ्यानको सिरक पट्टाउन नजान्नेहरु बिदेश आएपछि तिनबाट कमाउलान, घर खर्च पठाउलान भनेर आश गर्नु आफ्ना छोरोछोरीलाई मत्ताएर राखेका बाउ आमाकै दोष जस्तै लाग्छ।
फलानोको छोरोले छोरीले कस्तो प्रगती गरेका। यति कमाए उती कमाए। हाम्राले त अहँ फुटेको कौडीनी कमाएनन्। किन कमाएनन् तिर ध्यान छैन। घरमा पुल्पुल्याएर राखेपछि कताबाट कमाउन्। ढलेको कुचो वरबाट पर नसार्नेले बिदेशमा काम कताबाट गरुन्। अझ छोरो गार्हो सार्हो के छ भन है खर्च छैन भने हामी पठाई दिन्छौ भन्ने आमाबाले छोरा छोरीले पैसा कमाउलान भनेर आश गर्नु भनेको साँढेको झर्ला र खाउँला भने जस्तै हो।
जहाँ ईच्छा त्यहाँ उपाए। जब खल्तीमा पैसौ हुँदैन आउने बाटाहरु पनि सबै टालिन्छन् अनि कमाउने हिम्मत आउँछ। ह्या सकिएपछि पठाई हाल्छन् नि भन्ने मानसिक्ताले हो काम नपाउने। चली रा छ भन्नेहरुनै हुन् बिदेशमा केही गर्न सकिएन, गार्हो रहेछ, तनाब बढ्यो भन्दै बहाना बनाउनेहरु।
एकाएक काकीको फोन आयो। फोन उठाईन। तिनका छोरो ठुला भई सकेका थिए। लाग्यो केही भन्नलाई होला।प्लसटुको भर्ना गर्नलाई भनेर दश हजार माग्दा सय कडा कति भनेर व्याजको हिसाव खोजेकी थिईन।फेरी बिदेश गएर ठुलो पल्टियो भव्ठान्लिन भनेर फोन दबाए। भन्दै थिईन् भाईलाई नि तँ भएको ठाउँमा तान्न पर्यो रे। मनमनै भने त्यहि तान्ने डोरी बनाउँदै छु , नेपाल सम्म पुग्ने लामो बनाएपछि तानौला।
झसङ्ग भए। आफु झर्ने ठाउँबाट ट्रेन त उसको गन्तव्य तिर हुँइकि सकेछ। अव फर्कनलाई फेरी अर्को प्लेटफर्ममा गएर कुर्नु सिवाय केही उपाए थिएन। ट्याक्सीमा जाउँ कि जस्तो पनि लाग्यो। उबर बोलाउँकी जस्तो पनि लाग्यो। यो जाडोमा अर्को ट्रेन आउन लगभग आधा घण्टा कुर्नु पर्ने थियो। फेरी सम्झे हैट त्यो उबरमा जाने पैसाले हप्ता दिनको माईकी पुग्छ। भाँडा माझ्दा झरेको पानीले जुत्ता भिजेको थियो अनि भिजेको जुत्ता भित्र दिनभर बसेका खुट्टा कुहिएका जस्ता थिए । पानीले खाएर होला , खुट्टा चिलाउन थाले । साबुन र पानीले खाएका हातको अवस्था देखेर बिरक्ता लागेर आयो। पर्परी चर्याएका थिए दुवै हात खुट्टा। बार्ह घण्टा पानीसँग खेल्दा शरीर आफ्नो हो की अरु कसैको हो बोकीराको छु जस्तो भान हुन्थ्यो।
भाँडा माझेरै ऋण तिर्ने ठुलो सङ्कल्प थियो। भाँडाको जति थाक आए पनि भाँडा माज्दै छु जस्तो कहिलै महसुस भएन, त्यो थाकलाई डलर सम्झिन्थे। कहिले काँही बिरामी हुँदा कामसाम छोड्दिउँ झै लाग्थ्यो। तँ जाँठा कमाउन आएको होईनस् यो पाराले त नापिस कमाउन भनेर आफैलाई गाली गर्दै काम हान्थे।
मलाई पैसा कमाउन थियो, ऋण चुक्ता गर्नु थियो, कलेजको पढाई सकेर आफ्नो रुचीको काम गर्नु थियो। भुकम्पले ढलेको घर ठड्याउनु थियो।
क्रमश…