eNepal

अस्ट्रेलीयामा बस्नु हुने नेपाली समुदायहरुको लागि महत्वपुर्ण सुचना

image

दैनिक जसो उच्च शिक्षा हाँसील गर्ने बिधार्थीहरु अस्ट्रेलीया आउने क्रम निरन्तर बढिरहेको छ। हामी कति आयौं यसको लेखा जोखा हामी कोहीसँग पनि छैन।२०११ को सेन्सस हेर्यो भन्यो २४६३६ नेपालीको जनसँख्या रहेको देखाउँछ।त्यस पछि हामी कति आयौ कुनै तथ्याङ्क छैन। बिशेष गरेर बिधार्थी बर्ग जसले यसमा आफ्नो सहभागीता जनाउन अनिबार्य रहेको छ। आफ्नो व्यस्तताको बाबजुद हुन सक्छ बिधार्थी भाई बहिनीहरुले यसमा प्रभावशाली भाग नलिएको देखिएको छ।

किन महत्वपुर्ण छ यो सेन्सस
आज हाम्रो नेपाली कम्युनिटी यसरी बृदी भईरहेको छ कि हामी पनि अस्ट्रेलीयाको एक महत्पुर्ण हिस्सा भईसकेका छौं।नेपालीसमाजमा हुने बिभीन्न कार्यक्रमहरु र त्यसको सुचना पाएक पर्ने काउन्सील या निकट स्रोतलाई जानकारी दिन अपरिहार्य हुन्छ।कुनै पनि काम, प्रस्ताब वा आफ्ना केही कुरा काउन्सील या सरकारसँग राख्नु पर्दा पनि जनसँख्याको आधारमा प्रस्ताब राख्दा प्रभावकारी हुन्छ।जस्तै नेपाली फेस्टीभल, कम्युनीटि सेन्टरको बारेमा कुनै जानकारि दिन पनि यसले मुख्य भुमीका खेलेको हुन्छ।
एउटा सानो सहयोगले हामी नेपालीलाई एकजुट हुन मद्दत गर्छ भने हामी कति रहेछौ त नेपाली त्यो जान्न सकिने हुन्छ।

जव पर्छ अनि मात्र सँघ र सँस्थालाई हार गुहार गर्नु भन्दा बेलैमा सचेत भएर अाफ्नो अधिकारको सदुपयोग गरेर,यसमा हामी सबै नेपालीले भाग लियौ र नेपाली समुदाय प्रती आफ्नो कर्तव्य निभाऔं तसर्थ ९ अगस्त २०१६ मा अष्ट्रेलियामा हुन गैरहेको जनगणनामा सहभागी हुन आफ्नो समुदायलाई जागरुक गर्ने क्रममा Australian Bureau of Statistics को प्रतिनिधिसँग भिक्टोरियामा रहेका नेपाली समुदायको एक अन्तर्कृया कार्यक्रम निम्न मिती र स्थानमा रखिएको छ ।

पछील्लो जनगणनामा नेपाली समुदायको सहभागीतामा केही कमी कमजोरी रही हाम्रो सही तथ्यांकमा कमी भएको हो भने यो पटक त्यसमा सुधार गरिनु जरूरी छ । यस संधर्भमा अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाले हातेमालो गर्दै जनगणनामा नेपाली समुदायको सहभागीता सतप्रतिशत गर्न कोशीश गर्नु आवश्यक छ । यस कार्यक्रमको उद्देश्य कसरी पहिलेका कमी कमजोरी सुधार गर्दै जनगणनाको महत्व समुदायको हरेक सदस्य सम्म पुर्याउने बारे अन्तर्कृया गर्नु हो ।

सरकारी तवरबाट हुने बिभिन्न सामुदायिक कार्यक्रम र ती कार्यक्रममा गरिने फन्डिङको एक प्रमुख आधार जनसंख्या हो । हाम्रो वास्तबिक संख्या जनगणनामा देखिनु हाम्रो समुदायको लागि बिभिन्न कारण ले जरूरी छ –
जस्तै –
१: कम्युनिटी सेन्टरको लागि सरकारी अनुदान सहायताको लागि
२: नेपाली भाषाको सरकारी मान्यातालाई अर्को स्तरमा लग्नको लागि
३: अष्ट्रेलियन सरकारलाई नेपाली समुदायलाई अझै गम्भिरताका साथ लिन प्रेरित गर्नको लागि
४: नेपाल स्थित अष्ट्रेलियन नियोग बाट नै भिसा दिने नेपाली समुदाय को अनुरोधमा बल दिन को लागि आदी आदी

माथि उल्लेखित कार्यक्रमको बिवरण निम्न अनुसार छ –

मिती: शुक्रबार २२ जुलाई २०१६ समय: ३ बजे
स्थान: नेपाली कन्सुलेटको अफिस, सातौं तल्ला, २८-३२ एलिजावेथ स्ट्रीट्, मेल्बर्न, भिक्टोरिया, अष्ट्रेलिया

नेपाली एसोसिएसन अफ भिक्टोरियाको पहलमा यो कार्यक्रम कन्सुलेट अफिस, एनआरएनए भिक्टोरिया तथा अष्ट्रेलिया नेपाल मल्टीकल्चर सेन्टरको साथ तथा सभागितामा गरिन लगेको हो । यसमा सम्पूर्ण समुदायको सभागिताको लागि हार्दिक अनुरोध गरिन्छ

हामी भिक्टोरियामा रहेका सम्पूर्ण संघ संस्थासँग यस सन्दर्भ मा पत्राचार गर्ने क्रममा छौं । आउनुहोस ९ अगस्त २०१६ मा अष्ट्रेलियामा हुन गैरहेको जनगणनालाई आफ्नो तर्फबाट सफल पारौ ।

साभारः नेपाली एसोसिएसन अफ भिक्टोरिया

यस लिङ्कमा गएर पनि हेर्न सक्नु हुनेछ

http://www.abs.gov.au/websitedbs/censushome.nsf/home/getonline?opendocument&navpos=110

 

 

 

 

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349