eNepal

दुबईमा नाक, मुख नढाकी मास्क लगाउनेलाई एक हजार दिर्हाम जरिवाना

दुबईमा मास्क प्रयोग नगर्नेलाई जरिवाना हुने भएको छ ।  नाक, मुख नढाकी मास्क लगाउनेलाई दुबईमा एक हजार दिर्हाम अर्थात करिव (३१ हजार रुपैया) जरिवाना तोकिएको दुबई प्रहरीलाई उदृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

यदि तपाईं कारमा एक्लै हुनुहुन्छ भने तपाईंले बाध्यताका लागि मास्क लगाउनुपर्दैन, तर यात्रामा यदि अरूहरू छन् भने जरिवानाको भागीदार हुन पर्ने गल्फ न्यूजलाई स्पष्ट पारेको छ।

दुबईमा लकडाउन केही खुकुलो गरेपछि मल, रेस्टुरेन्ट, सार्वजनिक यातायात,बजार,समुद्री किनारा तथा पार्कमा मान्छेको चहलपहल बढेसँगै मास्क राम्रोसँग नलगाउँदा कोरोना सङ्क्रमण फैलिने जोखिम भएको भन्दै दुबई सरकारले कार्वाही सहित जनिवाना तोकेको हो।

सार्वजनिक स्थलमा हिँडडुल गर्दा, मास्कले मुख मात्र छोप्ने, घाँटीमा झुण्ड्याउने, हातमा समातेर हिँड्ने, पाइन्टको गोजीमा राख्ने गरेको भन्दै यसको उचित प्रयोग गर्न र गराउन जरिवाना  तोकिएको दुबई प्रहरीले जनाएको छ । गत मार्च २६ देखि अप्रिल १६ सम्म मास्क नलगाउने र शारीरिक दूरी कायम नगर्ने १० हजार दुईसय ८६ जनालाई जरिवाना गरिएको दुबई प्रहरीले जनाएको छ।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349