eNepal

नेपालमा २० देखि ५० वर्ष उमेर सम्मलाई धेरै कोरोना सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २० देखि ५० वर्ष उमेर सम्मलाई धेरै सङ्क्रमण भएको बताएको छ । कोरोना भाइरससम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २० देखि ५० वर्ष समूहका सङ्क्रमित अत्यधिक रहेको बताउनुभयो ।

उहाँले जुनसुकै उमेर समूह पनि सङ्क्रमणको जोखिममा रहेकाले सावधानी अपनाउन सबैलाई आग्रह गर्नुभयो ।

प्रवक्ता डा. देवकोटाले माघ १४ गतेबाट हालसम्म पीसीआरबाट २२ हजार ६६४ र आरडीटीबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण भएको जानकारी दिनुभयो । उहाँका अनुसार पीसीआरमार्फत बिहीबार मात्र एक हजार ३६३ जना र आरडीटीबाट दुईहजार आठ परीक्षण भएको बताउनुभयो ।

उहाँले क्वारेन्टाईनमा १५ हजार ६०० जना बसिरहेको बताउनुभयो । काठमाडौंमा छ र बाहिर २६६ जना गरी देशभर २७२ जना आइसोलेसनमा रहेको उल्लेख गर्नुभयो ।

उहाँले हालसम्म कर्णाली प्रदेशबाहेक अरु छवटा प्रदेशका २२ जिल्लामा सङ्क्रमण देखिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार कुल सङ्क्रमितमध्ये पर्सा जिल्लामा ८५, कपिलवस्तुमा ३९, उदयपुर ३२, रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौँ ६, कैलाली ४, रौतहट ३, बारा ३, बाग्लुङ, चितवन, महोत्तरी, भक्तपुर, धनुषा, नवलपरासी, झापा, र सर्लाहीमा दुई दुई जना, सप्तरी, भोजपुर, कञ्चनपुर, धादिङ र बर्दियामा एक एकजना गरी कुल २५० पुगेको छ ।

बिभीन्न पत्रपत्रीकाबाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349