eNepal

आज बिहान मात्रै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २४५ पुग्यो

नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।  

आजै बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तुकी ६ वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349