बिगत केही बर्ष देखी बिभीन्न सामाजीक कार्यहरुमा सम्लग्न आफ्नै हजुर आमाको नामबाट खोलीएको बि डी फाउन्डेसनका सँस्थापक सुमन देउजा यानिकी श्याम नेपाली सानो उमेरमै आफुले चाहेको र सकेको सेवा प्रदान गर्न कटिबद्द भएर लागेका एक समाजको लागि उधाहरणीय व्यक्ती हुन्।
श्याम नेपालीको नामबाट चिनीएका सुमन देउजाले मेल्बोर्नमा बिशेषतः कोठा र कामको जानकारी दिने काममा उल्येखनीय भुमीका निभाउँदै आएका छन्। बि डी फाउन्डेसनबापत अपाङ्गलाई व्विल चीएर दिने, गरिव तथा असाहाय केटा केटीलाई निशुल्क शिक्षाको व्यवस्था गर्ने लगाएतका कामहरु गर्दै आएका श्याम नेपालीले बिभीन्न समयमा आफु र आफ्नो रोहभरका साथीहरुसँगको सहकार्यमा सकेको सहयोग गर्दै आएका छन्।
आफु भित्र शिप,योग्यता र गर्न सक्छु भन्ने सकारत्मक सोच भएमा सधै दबिएर बस्न हुन्न, आफुले सकेको गर्न पर्छ र जहिले पनि सपना ठुलो देख्नु पर्छ भन्ने शोचमा दृड रहेका सुमन देउजाले केही हप्ता अगाडी देखी आफ्नो व्यबसायलाई अघाडी बडाएका छन्। हेरीटेज ट्राभल एन्ड टुर्स र जेनुयन एडुकेसन एन्ड भिषा सर्भीसको नामबाट आफ्नो व्यबसायलाई निरन्तरता दिने ईनेपाललाई बताउनु भयो।चाँडैनै मोर्गेजको काम पनि अघाडी ल्याउने कुरा गर्दै निकट भविस्यमा केही साथीहरुसँग मिलेर यसलाई व्यबस्थीत र फराकिलो बनाउने धारणा व्यक्त गर्नु भयो।
पैसाको लागि मात्र व्यबसाय नगरेको र यसबाट जो कोहीले पनि सहज र सुलभ तवरले सेवा लिन सक्छ भन्दै आफ्नो समाज प्रतीको दायीत्व र कर्तव्यलाई चटक्कै मायाँ नमार्ने र यथावत जारी राख्ने कुरा बताउँदै अझ आफुमा बढि जिम्बेवारी बोध भएको बताउनु भयो।
तपाईमा खुवी छ अनि आँट छ भने जो कोहीले पनि आफुले चाहेको कुरा गर्नु पर्छ,कसैसँग दबिएर बस्नु भन्दा आफ्नो शिप, योग्यता र अनुभवलाई जिवन्त राख्नु पर्छ।यहि अबधारणालाई आत्मसाथ गर्दै हिडेको कुरा हामीलाई भेटमा बताउनु भयो।हालसालै मात्र पुर्वी नेपालको झापामा जेनुयन एडुकेसन एन्ड भिषा सर्भीसको शाखा बिस्तार गरेको अवगत गराउनु भयो।