eNepal

नेपालको कोरोना अपडेट: थप २६ मा सङ्क्रमण, सङ्क्रमितको संख्या २४३

बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार दिउंसो २ र साँझ २४ गरी २६ जनामा संक्रमण भेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको छ ।  

बुधबार साँझ थपिएका संक्रमित रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लामा भेटिएका हुन् । 

यस अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् । बुधबार संक्रमण पुष्टि हुनेहरुमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ वर्षीय पुरुष तथा ४ र १० वर्षीया बालिकासहित २८ वर्षीया महिला रहेका छन् ।

त्यस्तै कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ तथा पर्साका ३६ र ७४ वर्षीय पुरुष तथा ३६ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपरासीका ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य भएको पनि उनले जानकारी दिए ।

हालसम्म पर्सामा ८५, उदयपुरमा ३२, कपिलवस्तुमा ३८, बाँकेमा २५, रुपन्देहीमा २८, काठमाडौंमा ६, कैलालीमा ४, रौतहट र बारामा ३/३ तथा बागलुङ, चितवन, झापा, सर्लाही, महोत्तरी, धनुषा र भक्तपुरमा २/२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भोजपुर, सप्तरी, बर्दिया, कञ्चनपुर र नवलपरासीमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा मंगलबार रातिसम्मको कोरोना ट्रेन्ड हेर्दा भारतसँग सीमा जोडिएका तराईका पाँच जिल्लालाई छाडेर सबैमा संक्रमण फैलिएको देखिएको छ। यसअघि भारतसँग सीमा नजोडिएको उदयपुरमा सबैभन्दा धेरै कोरोना संक्रमण भेटिएका थिए। तर मंगलबार त्यसलाई पछि छाडेर पर्सा सबैभन्दा बढी (८२) संक्रमित फेला परेको ठाउँ हुन पुगेको छ। 

भारतसँग सीमा जोडिएका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र झापामा अहिलेसम्म कोरोना संक्रमण भेटिएका छन्।

भारतसँग सीमा जोडिए पनि हालसम्म कोरोना नभेटिएका तराईका पाँच जिल्लाहरुमा दाङ, नवलपरासी, सिराहा, सुनसरी र मोरङ मात्र रहेका छन्।

तराई बाहेक पाँच जिल्लामा कोरोना संक्रमण भेटिएका छन्। ती हुन्- काठमाडौँ, भक्तपुर, बाग्लुङ, उदयपुर र भोजपुर।

हिमाली जिल्लामा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन। त्यसैगरी कर्णाली प्रदेशका कुनै पनि जिल्लामा अहिलेसम्म कोरोना भेटिएको छैन।

नेपालमा ७७ जिल्लामध्ये हालसम्म २० जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने ५७ जिल्ला अझै पनि कोरोनामुक्त नै छ।

नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरुमध्ये उत्तराखण्डमा अहिलेसम्म ६८ जना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ एक जनाको मृत्यु भएको छ। त्यसैगरी सबैभन्दा लामो सीमा जोडिएको राज्य उत्तर प्रदेशमा ३ हजार ५७३ जना कोरोना संक्रमित भेटिएका छन्। यहाँ ८० जनाको मृत्यु पनि भइसकेको छ। त्यसैगरी नेपालसँग लामो सीमा जोडिएको अर्को राज्य बिहारमा ७४७ जना कोरोना संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। सीमा जोडिएको अर्को राज्य पश्चिम बंगालमा भने २०७३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यहाँ १९० जनाको मृत्यु भएको छ। त्यसैगरी सीमा जोडिएको अर्को राज्य सिक्किममा भने हालसम्म एक जना पनि कोरोना संक्रमित भेटिएका छैनन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349