eNepal

नेपालमा ह्वात्तै बढे कोरोणा सङ्क्रमितहरु

पाँच जिल्लाबाहेक तराईका सबै जिल्लामा  फैलियो कोरोना फैलिएको छ।

नेपालमा मंगलबार रातिसम्मको कोरोना ट्रेन्ड हेर्दा भारतसँग सीमा जोडिएका तराईका पाँच जिल्लालाई छाडेर सबैमा संक्रमण फैलिएको देखिएको छ। यसअघि भारतसँग सीमा नजोडिएको उदयपुरमा सबैभन्दा धेरै कोरोना संक्रमण भेटिएका थिए। तर मंगलबार त्यसलाई पछि छाडेर पर्सा सबैभन्दा बढी संक्रमित फेला परेको ठाउँ हुन पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

उनका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  २ सय १७ पुगेको छ।

तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले विभिन्न अस्पतालमा उपचार गरिरहेका छन्। 

भारतसँग सीमा जोडिएका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र झापामा अहिलेसम्म कोरोना संक्रमण भेटिएका छन्।

भारतसँग सीमा जोडिए पनि हालसम्म कोरोना नभेटिएका तराईका पाँच जिल्लाहरुमा दाङ, नवलपरासी, सिराहा, सुनसरी र मोरङ मात्र रहेका छन्।

तराई बाहेक पाँच जिल्लामा कोरोना संक्रमण भेटिएका छन्। ती हुन्- काठमाडौँ, भक्तपुर, बाग्लुङ, उदयपुर र भोजपुर।

हिमाली जिल्लामा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन। त्यसैगरी कर्णाली प्रदेशका कुनै पनि जिल्लामा अहिलेसम्म कोरोना भेटिएको छैन।

नेपालमा ७७ जिल्लामध्ये हालसम्म २० जिल्लामा कोरोना संक्रमण भेटिएको छ भने ५७ जिल्ला अझै पनि कोरोनामुक्त नै छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349