eNepal

२४ घन्टामा थपिए २४ नयाँ संक्रमित, देशभर संक्रमितको संख्या १३४ पुग्यो

पछिल्लो २४ घन्टामा कोरोनाका २४ नयाँ संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ तथा बर्दिया र सप्तरीमा एक–एक गरी एकैदिन २४ संक्रमित थपिएका हुन् । अब देशभर संक्रमितको संख्या एक सय ३४ पुगेको छ । 

मन्त्रालयका अनुसार सोमबार पुष्टि भएका सबै संक्रमित क्वारेन्टाइन बसेका थिए । हालसम्म १७ हजार आठ सयजनाको पिसिआर परीक्षण गर्दा देशभर कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । जसमध्ये ३३ जना निको भएर घर फर्किएका छन् । 

केही दिनअघि चरम अभाव भएको पिसिआर परीक्षण गर्ने किटको मौज्दात अहिले बढेको छ । स्विट्जरल्यान्ड सरकारले दिएको ६० हजार र सोमबार चीन सरकारले दिएको ४० हजार गरी अहिले एक लाख किट मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, करिब १० हजारको संख्यामा अन्य दाताले पनि सहयोग गरेका छन् । ती किट जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ । अब सेनाले ३० हजार किट ल्याउँदै छ भने स्वास्थ्य सेवा विभागले ३० हजार किट खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ ।

संक्रमितलाई राख्न ३४५ आइसियू र १४६ भेन्टिलेटर तयार

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा नौ सय नौ आइसियू र पाँच सय ३९ भेन्टिलेटर छन् । तीमध्ये तीन सय ४५ शय्या आइसियू र एक सय ४५ भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार प्रति सय संक्रमितमध्ये २० जनालाई आइसियूको आवश्यकता पर्छ । त्यसमध्ये ५ प्रतिशतलाई उपचारका क्रममा भेन्टिलेटर चाहिन्छ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा संक्रमितको उपचार गर्न २५ अस्पताल तय गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार कोरोना संक्रमितका लागि मात्रै नौ सय ७४ आइसोलेसन बेड तयार गरिएका छन् । कोरोना पुष्टि भएका, तर स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गरिन्छ । 

संक्रमितलाई आइसियूमा राख्नुपरे छुट्टै जनशक्तिको आवश्यकता पर्छ । तर, सरकारसँग २९ जना मात्रै त्यस्तो क्रिटिकल केयर हेर्ने एनेस्थेसियातर्पmका चिकित्सक छन् । सरकारले एनेस्थेसियोलोजिस्ट अभाव देखेपछि स्वास्थ्यकर्मीलाई तालिम दिएर क्रिटिकल केयर हेर्ने तीन सय १७ जनाको जनशक्ति तयार पारेको छ । नेपाल मेडिकल काउन्सिलको रेकर्डमा भने पाँच सय १० जना एनेस्थेसियोलोजिस्ट दर्ता छन् । 

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal