eNepal

विश्वभर ७८ नेपालीको मृत्यु, सबैभन्दा धेरै मृत्यु बेलायतमा:-

 

काठमाडौँ, वैशाख २८

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७८पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्युभएको छ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ।

समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा दुई भर्जिनियामा एक जनाको मृत्यु भएको हो।

यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन   स्वीडेनमा एकएक  जनाकोकोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।

कोरोना भाइरसका कारण यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउनेमा बेलायतका दुई तथा  स्वीडेन, बहराइन   युएईका एकएक थपिएका छन्।

संयोजक डा  सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार ४७२  गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन्।

संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भइसकेको अनुमान समितिले गरेको छ।

सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीकोज्यान गएको भने बाँकी  २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन्।

स्वास्थ्य समितिका अनुसार  कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार,  बहराइनमा २४५, युएइमा १४९, नेपालमा १०९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन   अष्ट्रेलियामा १२१२, जापान क्यानडामा १०१०, बेल्जियममा ,  स्विट्जरयाण्डमा पाँच, जर्मनी फिनल्याण्डमा चारचार, साइप्रस न्युजिल्याण्डमा तीनतीन,  माल्दिभ्स, माल्टा   हङ्गकङ्गमा दुईदुई तथा म्यानमा   फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोनासंक्रमण भएको छ।

यो साता फिनल्याण्ड स्वीडेन (एक मृत्यु) मा नेपालीमा नयाँ संक्रमण  देखिएको  एनआरएन, कोडिभ१९, उच्चस्तरीय समितिका प्रेससंयोजक चिरन शर्माले जानकारी दिए।

  1. (रासस)

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349