नेपाली साङ्गीतीक दुनीयाँमा सुगम सङ्गीतलाई पहिल्याँउदै सार्है मिठो स्वरकी धनी अस्ट्रेलीलायामा बसोबास गर्दै आईकी गायीका अबुन पाण्डेको अन्प्लगड गीत “केबल यादमा तिम्रो”को पहिलो लुकको सार्बजनीक गरिएको छ। अमेरीकामा बसोबास गर्दै आएका रमेश दहालको ज्यादै कर्णप्रिय र मर्म स्पर्सी शव्दमा टिका दहालको सङ्गीत रहेको छ।
केही दिन अगाडी अस्ट्रेलीयाको मेल्बोर्नमा यस गीतको म्युजीक भिडीयो बनाईएको छ। यसलाई क्यामरामा उतार्ने काम अहिलेका व्यस्त म्युजीक भिडोयो निर्देशक जीवन रसाईलीले गरेका हुन्। बिदेशको माटोमा बसेर नेपाली गीत सङ्गीत प्रतीको आफ्नो लगाब अनि झुकावलाई अझ परिमार्जीत गर्दै लैजाने क्रममा उनले नेपाली सङ्गीतमा एउटा बेजोड प्रस्तुती दिएकी छिन् जसले नेपाली साङ्गीतीक आकाशमा निकै उचाइ लिने कुरामा कुनै दोमननै छैन।
गीतलाई यसरी कलम बद्द गरिएको छ कि जो कोहीले जसको सम्झनामा पनि यो गीत सुन्न, हेर्न अनि गुनगुनाउन सक्छ चाहे प्रेमीको यादमा होस या, परिवारको यादमा होस या, साथी सङ्गी या पराई।गायीकाले भने आफ्नो स्वर्गबासी बाबाको सम्झनामा यो गीत गाएको बताउनु भएको छ र गीतको रेकर्डीङ देखी म्युजीक भिडोयो बनाउँदासम्म पनि गीतमा डुवेर भावुक भएको बताउँदै कति पलहरुमा आँखा रसाएका तितापलहरु रहेको बताउनु भएको थियो।पक्कै पनि यो गीतले कोही कसैलाई बिभीन्न कारणले परेको बिछोडको पिडाको प्रतीनिधीत्व गर्नेछ।
एउटा गीत सफल बन्नमा तिनै जना श्रस्टाको उत्तीकै हात हुन्छ र यसमा कलम कोर्ने देखी सङ्गीतको र्याईँ र्याईँमा गायीका अबुन पाण्डेको सुरीलो स्वरले झन् मिठास थपेको छ। म्युजीक भिडोयो निर्देशक रसाईलीले पनि गीतलाई जिवन्त दिन सक्दो मेहीनत गर्नु भएको छ।यसमा टिका दहाल र सुरन्जन कझ्यापतीको फिचरीङले झन् सुनमा सुगन्ध थप्ने काम गरेको छ।सबैको मेहीनेत र गीत आफैमा अव्वल रहेकोले यसले नेपाली सङ्गीतमा राम्रो स्थान पाउने छ। ईनेपालको तर्फबाट “केबल यादमा तिम्रो” टीमलाई अग्रीम बधाई तथा शुभकामना