eNepal

कोरोना संक्रमण पुन पोजिटिभ देखिएमा कति खतरा हुन्छ ? जान्नुहोस् डा. रवीन्द्र पाण्डेबाट:-

कोरोना संक्रमण पुन : पोजिटिभ देखिएको बारेडा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

सनसिटी अपार्टमेन्टका ५८ बर्षीय पुरुष नारायणी अस्पतालबाट डिस्चार्ज भएका पुरुषमा फलो अप जाँचको क्रममा कोरोना संक्रमणपुन : पोजिटिभ देखिएको | यसबाट आम नागरिकमा अन्योलता देखिएको | यस्ता केस अमेरिका, कोरिया, चीन लगायत धेरै देशमादेखिएका छन् | यसका कारण देहाय बहोजिम छन् |

संक्रमणबाट निको हुने क्रममा वा निको भएको केहि समयमा भाइरस लिट्टर अर्थात निस्क्रिय भाइरसका कण मृत कोष खोक्दाफोक्सोबाट घांटीमा निस्किन्छन् | जब कोरोना संक्रमण जांच गर्नको लागि घांटीभित्रबाट स्याम्पल लिइन्छ, ती मृत कोष देखिन्छन् | PCR टेस्ट संबेदनशील परिक्षण हो | त्यसमा मृत कोष वा निस्क्रिय भाइरसका टुक्रालाई पनि पोजिटिभ देखाउन सक्छ | त्यो टेस्टमा देखिएपनिअरु व्यक्तिलाई सर्दैन |

परिक्षणमा त्रुटी भएमा, परिक्षणमा प्रयोग भएका रसायनको गुणस्तर राम्रो नभएमा ती रसायनले भाइरसलाई चिन्न नसकिने बनाउनसक्छन् |

– CDC कोरियाका निर्देशक जियांग ईनक्योंगले भनेका छन् कि बिरामीहरू पुनः संक्रमित हुनुको सट्टा भाइरसपुनः सक्रियभएको हुनसक्छ।

फ्लोरिडा कलेज अफ मेडिसिनका प्राध्यापक इमेरेटस रिचर्ड कोन्डिट भन्छन्– “धेरै व्यक्तिहरूले के बुझ्दैनन् कि पीसीआरले केवलभाइरसको आनुवंशिक सामग्रीको परीक्षण गर्दछ यो सक्रिय भाइरसको लागि मात्र होइन ” |

कोरियामा निको भएका . % मा केहि हप्तापछि कोरोना संक्रमण पोजिटिभ देखिएको KCDC ले जनाएको | त्यस्तै चीनमा १० % मा निको भएको केहि हप्ता पछि पोजिटिभ

ती मध्ये ४४ % मा सामान्य लक्षण देखिन्छन् |

परिक्षणको लागि प्रयोग हुने केमिकल, प्राबिधिकको क्षमता आदिले पनि रिपोर्टमा फरक पार्न सक्छ

कोरोना परिक्षणमा प्रशस्तै फल्स पोजिटिभ फल्स नेगेटिभ रिपोर्ट आउँछ कहिलेकाहीं स्वास्थ्यकर्मीले बिरामीबाट पर्याप्त स्याम्पललिएका हुँदैनन् | स्याम्पलको संकलन, सुरक्षण, परिवहन परिक्षणमा बिशेष मेहेनत नगर्ने हो भने गलत रिपोर्ट आउन सक्छ

पोजिटिभ देखिए पनि खतरा हुँदैन अरुलाई सर्दैन

तसर्थ निको भएका बिरामीमा पुन: पोजिटिभ देखिएमा बिरामीलाई पनि खतरा हुँदैन ती संक्रमितबाट अन्य व्यक्तिलाई पनि रोग सर्दैन ।source : chautarimediagroup.com

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349