eNepal

नेपाल एयरलाइन्सको दुई वाइडबडी जहाज आज चीन र अष्ट्रेलिया उड्दै:-

काठमाडौँ, २४ वैशाखराष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज आज चीनकोबेइजिङ अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकलेआफ्ना नागरिक ल्याउन निगमको वाइडबडी जहाज चार्टर्ड गरेका हुन्

उडान तालिकाअनुसार पहिलो चार्टर्ड उडान अष्ट्रेलियाको सिड्नीमा हुनेछ वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटदिउँसो १ः३० बजे उड्ने भोलिपल्ट साँँझ बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ दोस्रो जहाजले साँझ ५ः३० बजेबेइजिङमा कार्गो उडान गर्नेछ भोलिपल्ट काठमाडौँ फर्कने तालिका दुवै अन्तर्राष्ट्रिय गन्तव्यको उडान निर्धारित तालिकामै हुनेनिगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो

प्रवक्ता खड्काका अनुसार नेपालमा रहेका २६४ अष्ट्रेलियाली नागरिक लिएर निगमको वाइडबडी जहाजले सिड्नी गन्तव्यमा चार्टर्डउडान गर्न लागेको वाइडबडी जहाज अष्ट्रेलियाबाट रित्तै फर्कनेछ लोड कम हुने भएकाले सिधा सिड्नीकाठमाडौँ उडान हुनेजनाइएको निगमले यसअघि चैत १९ गते अष्ट्रेलियाको ब्रिश्वेनमा चार्टड उडन गरेको थियो मलेशिया ट्रान्जिट हुँदैअष्टे«लियासम्मको यो उडान करिब १३ घण्टाको थियो निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर सिड्नी पुग्नेछ भनेसिड्नीबाट फर्कँदा सिधैँ काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ काठमाडौँसिड्नी साँढे १२ घण्टाको उडानहुनेछ

बेइजिङ पहिलो ऐतिहासिक उडान

नेपाल एयरलाइन्सको बेइजिङ उडान पहिलो ऐतिहासिक उडान हुनेछ अहिलेको विषम परिस्थितमा गर्न लागिएको कार्गो उडान भएपनि बेइजिङ उडान निगमको उड्डयन इतिहासमै पहिलोपटक भएको निगमले उल्लेख गरेको काठमाडौँबेइजिङ करिब सात घण्टाकोउडान हुनेछ

निगमले यसअघि चीनको साङ्घाइ हँुदै जापानको ओसाका उडान गर्ने गरेको थियो सन् १९८४ ताका निगमले सो गन्तव्यमा उडान शुरुगरेको भए पनि अप्रिल १२ सन् २००७ मा जहाज अभावले ओसाका उडान बन्द भएको थियो अघिल्लो वर्ष भदौ १२ देखि पुनः उडान शुरुगरिए पनि विसं २०७६ फागुन १९ देखि जापानकै नारिता उडान शुरु भएपछि ओसाका गन्तव्यको उडान बन्द भएको थियो

निगमले चीनको ग्वान्जाओमा व्यावसायिक उडानका लागि अनुमति पाएको थियो नेपालमा कोभिड१९ नियन्त्रणका लागि लकडाउनगरिएपछि उडान हुनसकेको छैन बेइजिङलगायत गन्तव्यमा निरन्तर पहल गरिए पनि अझै उडान अनुमति पाउन सकेको छैन

अहिले नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको निजी लगानी चीनको संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले चीनकोबेइजिङ छोङ्गिनलगायत गन्तव्यमा उडान गर्दै आएको निगमले भने (शुरुको साङ्घाइ उडानबाहेक) अहिलेसम्म चीनमाव्यावसायिक उडान गर्न पाएको छैन बेलाबखत कार्गो तथा चार्टर्ड उडान मात्रै हँुदै आएको (रासस)

https://www.osnepal.com/904110

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349