eNepal

कोरोना अपडेट:- विश्वभर २ लाख ४४ हजार को मृत्यू एकै दिन ५ हजार २ सय को ज्यान गयो

देबेन्द्र लामा ,जापान

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

विश्वभरमा हालसम्म ७३ नेपालीको मृत्यु भएको छ भने पाँच हजाभन्दा बढी नेपाली संक्रमणको सिकार भएका छन । कोरोना भापरसका कारण सबैभन्दा बढी नेपालीको मृत्यु बेलायतमा भएको छ । बेलायतमा कोरोनाका कारण मर्ने नेपालीहरुको संख्या ४९ पुगेको छ । यसैगरि अमेरिकामा १५ नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । यसैगरि युएइमा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाले कोरना संक्रमणका कारण ज्यान गुमाएको गैर आवासीय नेपाली संघले बताएको छ ।

मध्यपूर्वका देशमा २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, बेलायतमा १ हजार, बहराइनमा १ सय २६, युएईमा १ सय, कुवेतमा ७८, नेपाल ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अस्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साईप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ जापान मा पनि ७ जना नेपालीलाई कोरोना संक्रमीत भएको छ भने १ जना निको भएको छ द.कोरियो,यु.ए.ई.बहराइन,कतार,मलेसिया,सउदी अरब मा पनि नेपालीहरु लाई कोरोना संक्रमित भएको छ ।एसिया मा हेर्ने हो भने सबैभन्दा बढी कोरोना संक्रमित नेपाली बहरइन मा देखिन्छ जहाॅं अहिले सम्म को तथ्थकं लाई हेर्ने हो भने संक्रमित को संख्या १५७ पुगेको छ…..

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति:-

क्र.सं.   महादेश     कूल संक्रमित    कूल निको भएका   कूल मृत्यु

विश्वभर               ३४,८१,३४९        ११,२०,९०८      २,४४,६६३

१. युरोप                १४,२४,३६४         ५,३४,७१६     १,३९,४९३
२. उत्तर अमेरिका   १२,६०,६१५           २,१५,३०४      ७३,८८०
३. एसिया।           ५,४७,३९३            २,८४,६८२      १९,३५१
४. दक्षिण अमेरिका  २,००,५६९            ६९,०६८        १०,२५९
५. अफ्रिका             ४३,७३५             १६,६९८      १,७६३
६. ओसेनिया (अस्ट्रेलिया) ८,३८८       ७,१६२       ११५

दक्षिण एसियाली मुलुकहरु:-

१. भारत                    ३९,९८०           १०,८१९     १,३२३
२. पाकिस्तान            १९,१०३            ४,८१७      ४४०
३. बंगलादेश              ८,७९०             १७७       १७५
४. अफगानिस्तान        २,४६९              ३३१        ७२
५. श्रीलंका                 ७०५                १८२        ७
६. माल्दिभ्स               ५१९                 १८          १
७. नेपाल                  ६९                   १६          –
८. भुटान।                ७                       ५          –

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349