आज हामी जस्ता लाखौ युवा बिदेश पलाएन भएका छौ, कोही बैदेशीक रोजगारको शिलशीला खाडी मुलुक, उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलीया, अमेरीका लगाएतका पाश्चात्य देश।कति युवा बिदेश पलायन भए, यस्को हेक्का न नेपाल सरकारसँग छ, न श्रम बिभागसँग छ न त कन्सल्टेन्सीसँग या सरोकारवालाहरुसँग।किन कि धेरै नेपालीहरु अबैध वाटो भएर पनि गएका हुन्छन्।
दैनीक जसो नेपालको एकमात्र अन्तरास्ट्रीय बिमान स्थलबाट कम्तीमा २००० नेपालीहरु अस्थाई रोजगारीको शिलशिलामा कुनै न कुनै देश गएका हुन्छन। नेपालीहरुमा कामको अज्ञानता, तालीमको कमि र देशको बिध्यमान परिस्थीतीले जसरी पनि देश छोड्न पर्ने बाध्यत्मक परिस्थीती रहेको छ।बैदेशीक रोजगारमा जाँदा जान्नै पर्ने प्रक्रियाहरु र यस सम्बन्धी कम जानकारी हुँदा बेहोर्न पर्ने बिभीन्न कठिनाईहरुले गर्दा प्राय शोषीत भईरहेका हुन्छन। काम के होकामको बारेमी अनबिग्य हुँदा, बाध्य भएर जे पनि काम गर्न पर्ने बाध्यत्मक परिस्थीती, त्यस्तै नियम कानुन नजान्दा गएको कम्पनीले गर्ने आर्थीक , शारीरीक र मानसीक तनाब झेल्न पर्ने हुन्छ।
खासमा के हो शुभयात्रा
शुभयात्रा एउटा मोबाईल एप हो जसलाई वैदेशिक रोजगार सम्बन्धित विज्ञहरु, कानुनी विशेषज्ञ र वैदेशिक कामदारको अनुभवबाट निर्मित श्रव्य, दृश्य तथा लिखित जानकारी प्रदान गर्न सकिन्छ ।साथ साथै शुभयात्राको माध्यमबाट बैदेशीक रोजगारमा जाने कामदारको अधिकार र कामका अवस्था र वातावरणको जानकारी पाउन सकिन्छ त्यस्तै श्रम स्वीकृति र निवेदन प्रक्रिया कसरि अगाडी बडाउने जान्न सकिन्छ।बिशेष गरेर खाडी देशहरु साउदी अरब, मलेशिया र कतारमा गर्न हुने र नहुने कार्यहरुको बिवरण थाहा पाउन सकिन्छ अनि महिलाहरुको लागि वैदेशिक रोजगार कति सम्म सुरक्षीत छ जानकारी प्राप्त गर्न सक्नु हुनेछ।
हामी नेपाली आफ्नो बिवस्ता या बाध्यताले कसरि हुन्छ पैसा कमाउन बिदेश जान लाचार हुन्छौ तर जाने ठाउँको बाताबरण, कानुनी नियम र प्रक्रिया अनि श्रम सम्बन्धी नियमहरु, आफुजाने कम्पनी र कामको बृस्तीत जानकार नहुँदा मारमा पर्न विवश हुन्छौ।सत्य तथ्य नबुझ्दा कन्सल्टेयान्सीले भनेको काम नपाउने, भनेको तलब नहुने, स्वास्थ्य सम्बन्धी नियमको केही मेसो नहुनेर अनाहकमा दु:ख सास्ती भोग्नु पर्ने हुन्छ। यस्ता यावत बिषयहरु जो बिदेश जानु अघि बुझ्नै पर्ने हुन्छ।यस्को जानकारी दिने हेतुले शुभयात्रा बनाईएको हो।
शुभयात्रा द एसिया फाउन्डेसन, गैर आवसीय नेपाली सँघ र बिभीन्न नेपाली नबीनकर्ता र सामाजीक उद्दमीहरुको संयुक्त प्रयासमा बनाईको एक फलदायी प्रयोग हो जसको प्रयोग गर्दा धेरै भन्दा धेरै कुराहरु जान्न सकिने छ।
यसमा क्लीक गरेर हेर्न सक्नु हुनेछ
https://play.google.com/store/apps/details?id=com.taf.shuvayatra