eNepal

रेडियो नेपालकी प्रथम गायिका अर्थात प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन

रेडियो नेपालकी प्रथम गायिका अर्थात प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ ।  उनको बिहीबार राती निधन भएको परिवारजनले बताएका छन् ।

रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

१६ वर्षको उमेरमा बिराटनगरको मिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट रानुदेवी कोइरालाले गीत गाइन्।

नेपाली नेपाली …

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली …

हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई

सब मिली उद्धार गरौं हाम्रो नेपाललाई

पछि नसरौं अबदेखि दुःख परे पनि

पछि नसरौं अबदेखि दुःख परे पनि

नेपाली

अघि बढौं हातमा क्रान्ति झण्डा लिई

क्रान्ति झण्डा लिई

नेपाली …

जुन गीत नेपाली कांग्रेसको प्रचार प्रसारको नारा सरह बनेर पछि प्रतिबन्धित पनि भएको थियो।

२००७ सालमा नेपाली कांग्रेसले प्रचार प्रसारका क्रममा बिराटनगरमा स्थापना गरेको रेडियोमा अधिकारीले त्यो गीत गाएकी थिइन्।

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349