eNepal

अमेरिकामा कोरोना भाइरसको उपचारमा संलग्न एक डाक्टरले गरिन आत्महत्या

अमेरिकामा कोरोना भाइरसको उपचारमा संलग्न एक डाक्टरले आत्महत्या गरेकी छन् । प्रहरीले न्यूयोर्कमा रहने डाक्टर लार्ना ब्रीनले आत्महत्या गरेको जानकारी दिएको छ ।

डाक्टर ब्रीन न्यूयोर्कको म्यानहटको न्यूयोर्क प्रेसबिटेरियन एलेन अस्पतालको इमर्जेन्सी विभागकी मेडिकल निर्देशक थिइन् ।

उनका पिता डाक्टर फिलिप ब्रीनको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले उनले आफ्नो काम गर्ने प्रयास गरिन  र यहि कामले उसको हत्या गर्यो भनेको उल्लेख गरेको छ ।

अमेरिकामा कोरोनाबाट अहिलेसम्म ५७ हजार भन्दा बढीको मृत्यु भएको छ, जसमा न्यूयोर्कमा मात्र २२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

उनका पिताले आफ्नो छोरी कुनै मानसिक रोगी नभएको बताएका छन् । कोरोनाका रोगीको उपचारमा व्यस्त डा.लार्ना आफुपनि संक्रमित भएकी थिइन् । करिब डेढ साताको उपचारपछि उनी फेरी काममा फर्किएकी थिइन्, तर अस्पतालले उनलाई घर फर्काएको थियो  । उनका पिताले अन्तिम पटक कुरा गर्दा छोरीलाई अलि फरक पाएको बाताएका छन्  । छोरीले कोरोनाले धेरै मानिसहरु मारिरहेको, एम्बुलेन्सबाट ननिकाल्दै मानिसहरु मर्ने गरेको बताएको उल्लेख गरेका छन् 

डा.लार्ना फ्रन्ट लाइनमा कार गर्दा बिचलित भएको उनका पिताले बताएका छन्  । उनी स्किङ गर्न र साल्सा गर्न मनपराउने तथा हरेक साता आफ्नै स्वेच्छाले वृद्धाश्रम जाने गरेको उनका पिताले बताएका छन् 

अस्पतालले एक विज्ञप्ति निकाल्दै डाक्टर ब्रीन एक हिरो भएको, जसले आपतकाल बिभागको फ्रन्ट लाइनको चुनौतिपूर्ण कामका लागि उच्च आदर्शस्थापित गरेकी छन् 

प्रहरीले अप्रिल २६ मा प्रहरीमा सहयोगको लागि फोन आएको र डाक्टर लार्नालाई एक स्थानीय अस्पतालमा उपचारका लागि लागिएको बताएको छ  । सोहि अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले कोरोनाका विरामीको उपचारमा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मी र अन्य वर्करमा मानसिक र शरीरक समस्या आएको बताएको छ 

पछिल्लो रिपोर्ट अनुसार न्यूयोर्कको एक चौथाई जनसंख्या कोरोना संक्रमित भएको बताइएको छ 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349