कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ ।
यो समाचार तयार पार्दासम्म थप १ हजार ३६० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ७७३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ०९९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ९ हजार २५९ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ३८ हजार ९८९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १३ हजार ४९७ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।
Photo: AAP