eNepal

अमेरिकन आइडलको टप २० मा पुगे दिवेश, भोट गर्न उनले गरे यस्तो अपील

अमेरिकामा कोरानाको महामारीको बाबजुद पनि विश्वकै चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उर्फ अथर गन टप २० मा पुग्न सफल भएका छन्।

उनी विभिन्न चरण पार गदै अमेरिकन आइडलको उत्कृष्ठ २० मा पुगेका हुन । हिजो आईतबारको प्रस्तुती संगै अमेरिकन आइडलको भोटिङ राउन्ड सुरु भएको छ। उनले विश्वमा छरिएर रहेका सम्पुर्ण नेपालीलाई भोटको लागि अपिल गरेका छन्। उनले भनेका छन् – “मलाई यो अवस्था सम्म ल्याउन सहयोग गर्ने तपाई सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु’ दिवेशले भने– अब मलाई अगाडी बढन तपाईहरुको भोटको आवश्यकता पर्ने भएकाले सबैसंग सहयोगको आव्हान गर्दछु ।’

उनले आफुलाई बेभसाइट, टेक्स्ट तथा अमेरिकन आइडलको एपबाट भोट गर्न सकिने बताए । एक जनाले ३० पटक सम्म भोट गर्न सकिनेछ । अव भने भोटले नै उनलाई उत्कृष्ठ २० बाट उत्कृष्ठ १० मा पुर्याउनेछ ।

Arthur Gunn: text “16” to 21523

उनले भनेका छन्– अमेरिकन आइडलको मेरो यात्राको सपना साकार पार्न सबैजनालाई भोट गरिदिन आग्रह गर्छु ।उनले आफनो सांगीतिक यात्रालाई अगाडी बढाउन सबैको सहयोगको अपेक्षा राखेका छन् । अमेरिकन आईडल सुरुवात संगै  दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ ।आइडलको एप  डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर पनि उनलाई भाेट गर्न सकिन्छ।

काठमान्डौमा जन्मिएका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी परीर लुक ब्रायनको मन जितिसकेका छन् । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।

Some tips on voting this Sunday. Voting is gonna start soon as the show starts, 8pm (ET). Don’t forget to register yourself on the american idol website and download american idol app and register ahead of time. After you vote make sure you confirm who you vote for.

Each person can vote 30 times,Here are 3 ways to vote:
1. Text the contestant number which will be given live to “21523”(we can vote10 times this way)
2. Go to Apple iOS App Store or android store and download American Idol app, sign up for an account and vote 10 times
3. Go to idolvote.abc.com and login with same account created previously and vote 10 more time.

From wall of Authur Gun

http://americanidol.com/vote

https://www.facebook.com/2397900120435206/posts/3209145229310687/?vh=e&d=n

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349