eNepal

अब दश मिनेटमै राहदानी हात पर्ने

धेरै बर्षदेखी जनताले सास्ती खेप्न परेको राहदानीको लाम अव केही हद सम्म साम्य हुने भएको छ।राहदान लिनलाई अत्यधिक समय खर्चीन परेको जनगुनासो धेरै पहिला देखी आएको थियो। करिब ६ बर्षबाट सुरुवात भएको एम आर पी पासपोर्ट झन काठमाण्डौबाट मात्र बितरण हुँदा जनतालाई झन गार्हो भएको थियो।यसैलाई मध्यनजर गर्दै सेवाग्राहीहरुलाई सहज बनाउन सरकारले गत जेठ २३ गतेको निर्णयानुसार द्रुत सेवा प्रयोग गरी सेवाग्राहीले एकै दिनमा राहदानी दिन थालेको हो।यसको लागि रु पन्द्र हजार दस्तुरबापत लाग्ने जनाएको छ।त्यसैगरी रु बार्ह हजार शुल्क बुझाए दुई दिन र रु दस हजार राजस्व बुझाएमा तीन दिनमा एमआरपी हात पर्ने छ।

परराष्ट्र मन्त्रालय, राहदानी विभागले प्रत्यक्ष दर्ता प्रणाली अन्तर्गत http:nepalpassport.gov.np/ लगईन गरेर आफ्नो बिबरण भरेमा पाँचदेखि पन्द्र दिनमा जिल्लाबाट पनि सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन्। विदेशस्थित दस नेपाली नियोगमा पनि प्रत्यक्ष दर्ता प्रणाली प्रारम्भ भएको छ।

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal