eNepal

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो ।

जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो ।  योसहित त्यहाँ मृत्यु हुनेको संख्या ५१ हजार ६ सय ९२ पुगेको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजारभन्दा बढी पुगेको छ ।

कोरोना संक्रमणबाट विश्वको सबैभन्दा बढी मानिसको मृत्यु भएपनि ह्वाइट हाउसले युरोपेली देशहरुको तुलनामा अमेरिकामा मृत्युदर अझै पनि कम रहेको दाबी गर्दै आएको छ । अमेरिकाको जनसंख्या अहिले ३३ करोड रहेको छ ।

जुन कोरोना महामारीबाट अत्याधिक प्रभावित युरोपेली मुलुकहरु इटाली र स्पेनको भन्दा निकै धेरै हो । कोरोना संक्रमणबाट इटालीमा २५ हजार ९६९ र स्पेनमा २२ हजार  ५२४ जनाको मृत्यु भएको छ ।   –बीबीसी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349