eNepal

घाम नदेखेको धेरै भयो , घर नदेखेको पनि !!!

त्रिभुवन विमान्स्थलको डिपार्टर B को गेट बाट जब सुट्केस र ह्यण्ड क्यारि बोकेर निस्किनै लाग्दै थिए, आमाको आँखा भरिएको देखे पछि आफैलाइ रोक्न सकिन । सुट्केस भुइमै छोडेर एक चोटि भए पनि आमालाई अन्क्माल गरे । भक्कानो छुटेर आयो । समय त्यही रोकियोस जस्तो भएको थियो । घरको कान्छो छोरा , आमा बाट कहिले टाढा नबसेको म , जिन्दगीको यति लामो यात्रामा आमा संगै नहुने कुराले मलाइ र आमालाई पनि एकदम पिरलेको हुदो हो ।
पालै पिलो सबै इस्ट मित्र संग बिदा मागेर भित्र पसे । भित्र चेक इन गरे पछि प्लेन उड्नलाई अझै करिब २ घण्टा बाकी रहेको एउटा भित्तामा रहेको टिभी जस्तो देखिने चिज बाट पत्ता लाग्यो । केही गर्ने नभएकोले, पछाडी भिरेको झोलामा खोले, भाउजु ले काजु र स्याउ राखिदिनु भएको रहेछ । खान मन लागेन । टाडा जाने भएपछी घरको मान्छेले देको सबै कुरा एक्दम चिज हुदो रहेछ । कसैले नदेख्ने गरि केहि पुराना तस्बिर हरु झोलामा राखेको थिए । एक एक गर्दै सबै हेरे ।

तीन जाना दाजुभाइ हामी , तिनै जाना सानू हुदाको एउटा तस्वीर थियो , एक्दम राम्रो, एक्छिन नियाले अनि राखिदिए । आमा संगको पनि थियो । हेर्ने बित्तिकै रुन मन लाग्यो । आमा मलाइ जुत्ता खेलाउदै गरेको कुरा मा मुस्कुराउदै गरेको दृश्य त्यो तस्बिरमा कैद थियो। फोन गरे, भर्खर एरपोर्ट बाट निस्किएको र पुगेर खबर गरेस भनेर आमा ले फोन राखिदिनु भयो । आवाज मलिन थियो , अहिले निस्केर गैहालौ जस्तो भयो । २-४ दिन अगाडी देखि घरमा माहोल अलि उदास उदास थियो । सबै जना म जाने तयारिमा जुटिरहेका थिए । सबैजनाको अनुहारमा त्यो हासो भित्रको उदासीपन मैले प्रष्ट देख्न सकिरहेको थिए । सबैको बानी संग परिचत जो थिए। दाइ अफिस बाट फर्के पछि घरको ठ्याक्क अगाडि पट्टि आफ्नु मटरसाइकल राख्थ्यो , दाइको र मेरो अफिस बाट फर्किने समय उस्तै भएकोले दाइ संगै आउने जाने हुन्थ्यो, त्यो कारणले दाइ संग अझै बडी घुलमिल हुन पाएको थिए । हामी आएको भाउजुले अगाडि नै थाहा पाएर , मिठो मुस्कान दिदै ” चिया खाने भाइ ” भन्दै दाइ भन्दा अगाडी मलाइ सोध्नु हुन्थ्यो। करिब एक घण्टा पछि आमा पनि आउनु हुन्थ्यो, बानी भनुम कि मन भनुम खाली हात कहिले आउनुहुन्न थ्यो , एस्तै कारणहरु ले आफू जहिलै सानै छु जस्तो हुन्थ्यो । सबै जना मज्जाले खाना खाएर गफ गरेर बस्थेउ । दाइ युट्युभमा मद्रासी फिलिम खुब हेर्थ्यो । भाउजू भान्साको काम गर्दै गर्दा म साथी बसिदिन्थिए । आमा पल्लो कोठामा टिभी हेरेर बस्नु हुन्थ्यो , अनि कति गफ गरेका भन्दै गाली पनि गर्नु हुन्थ्यो । टिभी बन्द नगरी आमा निदाउनु हुन्थ्यो , मानौ टिभिको आवाजले मात्र निन्द्रा लाग्थ्यो आमालाइ । सुत्नु अगाडी एक्छिन भएपनी आमा संग गएर बस्थ्ये, केही नबोली, र वाहा पनि केही बोल्नु हुन्नथियो। त्यो मौनतामै धेरै कुरा हुन्थ्यो हामी बिच । आमा निदाइसकेको थाहा पाएपछी , सिरक ओडाएर, टिभी बन्द गरेर म अफ्नु कोठामा सुत्न जान्थे। त्यो मौनता खुब याद आउँछ , घरको खुब याद आउँछ । भाउजुको हातको चिया खुब याद आउँछ , प्राण भन्दा प्यारो दाजुको खुब याद आउँछ ।
पानाहरु

उत्सव बि. पोखरेल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

The civilisational beauty of Pompeii

Manoj Poudyal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349