eNepal

अस्ट्रेलीयामा आज आम निर्वाचन् हुँदै, करिब तिस हजार नेपालीहरुले भाग लिदै

अस्ट्रेलीयाको तिसौं प्रधानमन्त्री चयनको लागि आज केन्द्रीय निर्बाचन हुँदैछ।बर्तमान प्रधानमन्त्री माल्कम टर्नबुलले केही महिना अघाडी ताजा जनादेशको आवस्यक्ता औंल्याउँदै आम चुनावको घोषणा गरेका थिए। तल्लो सदन हाउस अफ रेप्रीजेन्टेटीभको लागि एक सय पचास सदस्य र माथिल्लो सदन सिनेटको लागि ७६ सदस्य चयन हुने व्यबस्था रहेको छ।

अस्ट्रेलीयाका मुख्य राजनीतिक दल लेवर, लिबरल र ग्रीनदेखी बाहेक करिब ४ दर्जन दलहरुले यो चुनाबमा भाग लिदैछन्।हाल सरकारमा रहेको लिबरलले साना ब्यवसायीहरुलाई सहयोग पुर्‍याउने, पुर्वाधार विकास र समग्र देश बिकास हुने किसिमका नीती अघि सारेको छ । यसका अलावा अष्ट्रेलियालाई आफ्नो घर बनाएका आप्रवासीहरुको परिवारका अभिभावकलाई ५ बर्षसम्मको भिसा दिने नीति समेत अघि सारेको छ ।यसै गरि प्रतिपक्षमा रहेको लिबरलले शिक्षा, स्वास्थ्य र न्युन आय भएकाहरुलाई सहयोग गर्ने नीति अघि सारेको छ। त्यस्तै गरेर गाँजा सेवनलाई कानुनी मान्यता दिनुपर्ने माग गर्ने, समलिंगी विवाहलाई मान्यता दिनुपर्ने माग गर्ने, धुम्रपान गर्न पाउनुपर्ने माग गर्ने, आफ्नो इच्छाले मृत्यु रोज्न पाउनुपर्ने माग , सहज गर्भपतन गर्न पाउनुपर्ने माग राखेर बिभीन्न पाटीहरु चुनाबमा होमीएका छन्।

गएका चुनाबहरुमा भन्दा अलिक बढि चुनाबी माहोल अस्ट्रेलीयामा बस्ने आप्रवासी नेपालीहरुलाई लागेको छ।करिव तिस हजार नेपालीले यो चुनाबमा आफ्नो मत अधिकारको उपयोग गर्दै छन्। आफ्ना फेसबुकका भित्तामा को प्रति समर्थन छु भन्दै फोटो हालेर समेत समर्थन गरेको पाईएको छ।यहाँको नियम अनुसार उमेर पुगेका सबैले अनिबार्य रुपमा मत हाल्न पर्ने बाध्यत्मक नियम रहेको छ। अन्यथा जरिवाना तिर्न पर्ने र अदालत सम्म जान पर्ने नियम राखेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349