आज हामी आफ्नो जीवन जिउँदै छौ जस्तो आभाष हुन थालेको। हिजो सम्म अरुको लागि जिएको जिवन लाग्दैछ आज आफ्नो लागि जिई रहेको छु।
दुनियाँलाई कैदी बनाएर आफु खुल्ला आकाशमा जिएको जस्तो लाग्ने मलाई आझ आफु कैद भएर दुनियाँ उकुसमुकुसको जालो पन्साउँदै मलाईनै गिज्जाई रहेको जस्तो लाग्दैछ।
लाग्दैछ प्रकृतीलेनै तँ धेरै थाकिस् अव केही समय बिश्राम गर, घर परिवारलाई समय दे, आफुले आफुलाई चिन्ने कोशिस गर भनेर घर भित्र खुम्चिएर बस्न बाध्य बनाउन यो भाईरस बनाएर पठाई दिए जस्तो ।
हिजो म पिजडाको सुँगालाई मालिक भन्न सिकाउने आज त्यहि पिजडाले मलाई खुच्चिङ भन्दै जिस्काई रहेको आभाष हुँदैछ।
हामी यस्तो दौडमा दौडिई रहेका रहेछौ कि हामीलाई जित्नु थियो, अरुसँग लडेर विजयी प्राप्त गर्नु थियो। अरुको अहङ्कार सहितको ताली थापेर नाक यत्रो बडेमानको बनाउन थियो।कसैले मेरो तारीफ गर्दियोस भनेर, नाम जपोस भनेर खोक्रा र औचित्यहिन काम गरेर समाजलाई देखाउन थियो।एकछिनलाई भए पनि सेलीब्रेटी बन्नु थियो। अरु भन्दा पृथक हुनु थियो।
तर आज देख्दैछु सबै समान छन्। सबैलाई डर छ मर्न। आज सबैलाई बाँच्नु छ। सधै जसो हतार मात्रै हुने हामी बढो बेफुर्सदिला भएका छौ।आफुले भनेको जस्तो भएन भने रिसाउने, झर्किने र फन्किने हामी आज आफ्नै आँगनबाट बाहिर जान डराउँदै छौ। छिमेकीले घरमा के गरे चियो चर्चा राख्ने हामी बोल्न समेत डराउने परिस्थितीबाट गुज्री रहेका छौ।
हामी त खत्रै मान्छे। ऐसआरामको जिवन जिएका छौ। दुनियाँलाई फन्को मार्न सोच्नै नपर्ने हामी, पैसाको फुर्ती लगाएर चन्द्रमा टेक्न सामर्थ्य राख्ने हामी आज लुरुक्क परेर घर भित्र बसेर स्वच्छ र सुन्दर खुल्ला आकाशलाई चिहाई रहेका छौ।
प्रकृतीलाई खुम्च्याएर रमाउन बानी लागि परेका हामी स्वयम खुम्चिएर बस्न विवश छौ। अरुलाई देखाएर हैषीयत भन्दा बढि खान पल्किएका हामी आज खटाएर खान बाध्य छौ। आफैलाई, आफ्न्तलाई अनि आफ्नत्व बिर्षेका हामी बल्ल आफुलाई चिन्ने मौका पाउँदै छौ।
न तेरो न मेरो, न भोज भतेर, न कार्यक्रमहरुको लस्कर, न कलाकारको भाउ। न ट्राफीक छ न दुर्घटनाका घटना। आज कलाकारहरुले उनका फ्यानहरुलाई प्रत्यक्ष मनोरन्जन दिलाई रहेका छन्।आज सबैको ध्यान कोरोना तिर छ तर कोरोनाको मात्रै ध्यान अर्कै तिर।
समुन्द्र शान्त छ आज। न बडेमानका पानी जहाज छन्, न माझीनै माछा मार्न गएका छन् अनि न फोहोर बनाउने मान्छेनै। आकाश खुल्ला छ। न हवाईजहाजको ट्राफीक, न फाईटर बिमाननै उडेका छन्। छन् त केबल आकाशमा उडीरहेका पन्छी। न पासोको डर छ न शिकारको निशाना।
परिवारसँग टाडीएकी आमा मख्ख छिन् र भन्दैछिन् धन्ने के जाती यो कोरोना आएछ र बर्षौ पछि परिवारसँग बस्ने मौका जुर्यो। भन्दै छिन बेला बेला कोरोना हो की सोरोना आउन पर्ने रहेछ जसले परिवारलाई मेलमिलाप गराई दिने रहेछ।
पैसा हुनेले पनि पैसाको फुर्ती नगरेर हतारमा चामल, आलु र किन्दै दौडीदै छन्। सबैलाई बाँच्नु छ, सबैलाई हाँस्नु छ। आज सबैको मनमा यहि कुरा खेलेको छ बाँच्न पाए अवको जिन्दगी खासा पाराले जिउँथे।