eNepal

विश्वभरी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ९१३

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट अस्ट्रेलीयाको समय अनुसार शनीबार बिहान नौबजे सम्म मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ९१३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्त राज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको छ ।

अमेरिकामा ७ लाख २ सय ४६ मानिस कोरोना संक्रमित भएका छन् भने ३६ हजार ९२२ को मृत्यु भएको छ । गत चौबीस घण्टामा अमेरिकामा २ हजार ३०५ जनाको मृत्यु भएको थियो ।

दोस्रो र तेस्रो स्थानमा इटाली र स्पेन रहेका छन् । स्पेनमा २० हजार भन्दाबढीको ज्यान गएको छ, भने संक्रमितको एक लाख ९० हजार ८०० नाघेको छ । ईटालीमा भने एक लाख ७२ हजार ४ सय भन्दा बढी सङ्क्रमीत भएका छन् भने २२ हजार ७ सय पैतालीसको मृत्यु भएको छ।

कोरोना भाइरसकै कारण अर्को युरोपेली मुलुक फ्रान्समा १८ हजार ६८१ जना र बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भएको छ । बेल्जियममा ५ हजार १६३ जना, जर्मनीमा ४ हजार ३५२ जना, नेदरल्यान्ड्समा ३ हजार ४५९ जना, स्वीट्जरल्यान्डमा १ हजार ३२७ जना, स्वीडेनमा चौध सय जना र आयरल्यान्डमा ५३० जनाको मृत्यु भएको छ ।

तर अहिलेसम्म पनि कोरोनाले नभेट्टाएका पनि केही देशहरु छन् भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला। विश्वका १५ देश त्यस्ता छन्, जहाँ अहिलेसम्म कोरोना संक्रमण भएको सूचना त्यो देशले दिएको छैन। देश भन्नाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रलाई भनिएको हो। कोरोनाले नछोएका देशहरुमा दुई वटा एसियाली र दुई वटा अफ्रिकामा देश छन्। बाँकी देश भने ‌‌ओसेनियाका ससाना टापु राष्ट्र हुन्।

उत्तर कोरिया, ताजिकिस्तान, तुर्कमेनिस्तान, लेसोथो, कोमोरोस लगाएत ओसेनियाका टापु राष्ट्रहरु सोलोमन आइल्यान्ड, भानुआटु, समोआ, किरिबाटी, माइक्रोनेसिया, टोंगा, मार्सल आइल्यान्ड, पालाउ, टुभालु, नाउरु आदी पर्छन। हाल सम्म यी रास्ट्रबाट कोरोना संक्रमण भएको सूचना आएको छैन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349