eNepal

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर २८ हजार पुग्यो

पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा २५ सय २६ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ ।

योसँगै अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या २८ हजार ५१८ जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितको संख्या पनि अघिल्लो अपडेट भन्दा बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ३१ हजार ६९३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार ०५५ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ४८ हजार ७०१ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १३ हजार ४८७ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । न्युयोर्कमा ११ हजार ५१९ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या २ लाख नाघेको छ । अहिलेसम्म २ लाख १४ हजार ६४२ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा ३ हजार १५६ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म ७१ हजार ३० जना संक्रमित भएका छन् ।

त्यस्तै मिचिगनमा एक हजार ९२१ जनाको ज्यान गएको छ ।

त्यस्तै लुसियानामा एक हजार १०३ जना, मसाचुसेट्समा एक हजार १०८, इलिनियोइसमा ८६८, क्यालिफोर्नियामा ९४८, कोनेक्टीकटमा ८६८, पेन्सिलभेनियामा ७७९, वाशिंटनमा ५६४,  फ्लोरिडामा ६१४,  जर्जियामा ५७६, इन्डियानामा ४३६, कोलोरोड़ोमा ३५७, टेक्सासमा ३६४, ओहियोमा ३६१,  मेरिल्याण्डमा ३४९, विस्कोनसिनमा १८२, भर्जिनियामा १९५, मिस्सोरीमा १५९, एरिजोनामा १४२, नेभादामा १३१, टेन्नेसेमा १३५, केन्टुकीमा १२२, अलाबामामा १२३, नर्थ करोलिनामा १२९,  ओक्लोहोमामा १२३ र साउथ कारोलोनामा १०७ जनाको मृत्यु भएको छ ।

Coronavirus Map: Distribution of COVID-19 cases as of March 17, 2020. Credit: WHO

Related posts

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal