eNepal

कोरोना भाइरस अपडेट: अस्ट्रेलीयाको प्रत्येक राज्यमा कतिवटा केसहरू छन्?

अष्ट्रेलियामा ६४१५ कोरोना भाइरसका केसहरू छन्।थप ४९ कोरोना भाईरसका घटनाहरु देश व्यापी रुपमा रिपोर्ट भएको छ भने मृत्यु हुनेको संख्या ६२ पुगेको छ। 

तस्मानियामा सब भन्दा बढी नयाँ केसहरू आएका छन् जसमा १५ थप नयाँ केस सहित उक्त राज्यको कुल केसहरू १६५ पुगेको छ।

राज्यको उत्तरपश्चिममा रहेका अस्पतालहरूमा दुई कोरोनाभाइरस क्लस्टरहरू छन्। अस्पतालहरू  सफाइको लागि बन्द गरिएको छ र कर्मचारीहरूलाई सेल्फ आईसोलेसनमा पठाइएको छ।

न्यू साउथ वेल्समा २८७० कोरोना भाइरसका केसहरू छन् र २६ जनाको मृत्यु भएको छ।

भिक्टोरियामा १२९१ केसहरु छन् भने र १४ जनाको मृत्यु भएको छ।

क्वीन्सल्याण्डमा ९९८ केस र चारको मृत्यु भएको छ।

दक्षिण अष्ट्रेलियामा ४३३ केस र चारको मृत्यु भएको छ।

पश्चिमी अस्ट्रेलियामा ५२७ वटा घटना र ६ को मृत्यु भएको छ।

तस्मानियामा १६४ वटा केस र ६ को मृत्यु भएको छ।

अष्ट्रेलियाको राजधानी क्षेत्रमा १०३ केस र दुई व्यक्तिको मृत्यु भएको छ।

उत्तरी क्षेत्रमा २८ वटा केस छन् र कुनु मृत्युको रेकर्ड भएको छैन।

मङ्गलबार क्यापीटल टेरीटोरी र नर्दन टेरीटोरीमा कुनै पनि नयाँ केसहरु दर्ता भएनन्।नर्दन टेरीटोरीले नयाँ संक्रमण दर्ता नगरेको अब आठ दिन भइसक्यो।

एनएसडब्ल्यू र भिक्टोरियामा सबैभन्दा कोरोना भाइरस केसहरू छन् तर घट्दो क्रममा रहेको छ। मंगलबार ती दुवै राज्यले क्रमशः सात र दश नयाँ केस मात्र दर्ता गरेका छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349