eNepal

चलचीत्र पशुपती प्रसादले गर्यो ह्याट्रीक,दयाहाङ राई उत्कृस्ट अभिनेता, नम्रता उत्कृस्ट अभिनेत्री

image

नेपाली रजतपटमा राम्रो व्यापार गर्न सफल ‘पशुपति प्रसाद’ले २०७२ सालको सर्वोत्कृष्ट चलचित्रतर्फको राष्ट्रिय पुरस्कार हात परेको छ।

बिहिबार चलचित्र बिकास बोर्डमा भएको बोर्ड स्थापना दिवस मनाउन आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो।यसको अलाबा ‘पशुपति प्रसाद’ले लेखन र निर्देशनतर्फको पुरस्कार हात पार्दै राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेको हो।लेखनबाट ‘खगेन्द्र लामिछाने र निर्देशनबाट दिपेन्द्र के खनालले उक्त पुरस्कार हात पारेका हुन्।

image

त्यस्तै सर्वोत्कृष्ट अभिनेतामा ‘कबड्डी कबड्डी’ फिल्मबाट दयाहाङ राईले अवार्ड हात पारे भने छ भने अभिनेत्रीतर्फ ‘क्लासिक’ बाट नम्रता श्रेष्ठले हात पारेकी छिन्!

यसैगरी छायाँकनमा ‘ड्रिम्स’बाट सञ्जय लामा र पुरुषोत्तम प्रधानले पुरस्कार आफ्नो पक्षमा पारे। सम्पादन तर्फ ‘क्लासिक’ फिल्मबाट सुरेन्द्र पौडेल उत्कृष्ट कहलिएका छन् ।

आदिवासी जनजाती फिल्म तर्फ गुरुङ भाषाको फिल्म ‘यम्फु देवराली’ उत्कृष्ट बनेको छ भने जुरी च्वाईसमा नव निर्देशकमा भुवन केसी परेका छन्।

यसैगरी लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो अभिनेत्री बसुन्धरा भुषाललाई प्रदान गरिने भएको छ। भुषाललाई नगद ३ लाख ५१ हजार र सम्मान पत्रले सम्मानित गरिने भएको हो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349