eNepal

आफ्ना देशका नागरिक नलैजानेलाई कारवाही गर्ने युएईको चेतावनी, श्रम सम्झौता रद्द हुन सक्ने

कोरोनाभाइरस महामारीको बीचमा आफ्नो देश फर्कन चाहने नगरिकलाई नलैजाने देशहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ने चेतावनी संयुक्त अरब इमिरेट्स (युएई)ले दिएको छ ।

स्वेदश फर्कन चाहने आफ्ना नागरिकलाई लैजान अनिच्छा व्यक्त गर्ने देशसँगको सम्बन्ध श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्न सक्ने चेतावनी दिएको समाचार खलीज टाइम्समा प्रकाशन भएको छ ।

यस्ता देशहरुसँग श्रमिकको संख्या कटौती गर्ने देखि लिएर श्रम सम्झौता नै रद्द गर्नेसम्मको पुनर्विचार हुन सक्ने समाचारमा जनाइएको छ ।

यूएईमा कोरोनाभाइस फैलिएसँगै त्यहाँ बस्ने प्रवासी कामदारहरुले आफूहरुलाई घर फर्काउन आफ्नो देशको सरकारसँग आग्रह गरिरहेका छन् । यसरी आग्रह गर्नेहरुमा नेपालीहरु पनि छन् । युएईमा २ लाख ५० हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको तथ्यांक छ ।

यूएईको मानव संशाधन र एमिरेटिसेसन मन्त्रालयले यूएईको निजी क्षेत्रमा काम गर्ने नागरिकलाई आफ्नो देश फर्काउन अस्वीकार गर्ने देशहरूसँगको सम्बन्धमा पुनर्विचार गर्ने जनाएको समाचारमा उल्लेख गरिएको छ ।

मन्त्रालेले ती देशहरुसँगको आफ्नो सम्बन्ध, श्रम सम्झौता र आपसी सहयोगका विषयमा पुनर्विचार गर्ने जनाइएको छ ।

युएईमा कोरोना भाइरसका ४ हजार १ सय २३ केसहरु देखिएको छ भने भाइरस संक्रमणका कारण ६८० जनाले ज्यान गुमाएका छन् ।

युएईको मानव संशाधन तथा ईमिरेटिजेसन मन्त्रालयले कोरोना संकटका बेला आफ्ना नागरिक फिर्ता लैजान नमान्ने देशलाई कारबाही गर्नका लागि अध्ययन थालेको छ । मन्त्रालयका एक अधिकारीले वर्तमान श्रम सम्झौतामा केन्द्रीत भएर कस्तो कदम चाल्ने भन्ने विषयमा अध्ययन भइरहेको खलिजटाइम्सले जनाएको छ । 

ती अधिकारीका अनुसार निजी क्षेत्रमा काम गर्ने मजदुरले घर फर्कन चाहेमा फिर्ता पठाउने नियम युएई सरकारले ल्याएको अवस्थामा आफ्नो नागरिकलाई घर फर्कन नदिएर असहयोग गर्ने देशसँग विगतमा गरिएका श्रम सम्झौता पुनरावलोकन गर्ने तयारी भइरहेको छ । 

Related posts

Yellow Pills: What are They Made use of For?

अविलास

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349