eNepal

हिजो सम्म त रमाईलै थियो तर अव भने अत्यास लाग्न थाल्यो

गोजीमा दाम भईन्जेल केहीको डर हुँदैन रहेछ तर जब भएका पैसा पनि सकिदै जान्छन् मन अत्तालीने रहिछ।जसोतसो कमाएको केही पैसोले हिजो सम्म त चलेको थियो अव चाँही के गर्ने दोधारमा छन् धेरै बिधार्थीहरु।

न कामनै छ न खातामा पैसोनै। हिजो सम्म त लाग्थ्यो अव छिट्टै यो लकडाउन रोकिएला। अनि बजार पहिला जस्कै सुचारु होला। काम गरि हालीन्छ। साथीभाईसँग लिएको सापटी पनि तिरी हालिन्छ। फेरी दुई तिन महिनामा त जस्ताको तस्तै होला। रेस्टुरेन्टहरुनि पहिला जस्तै व्यस्त होलान् अनि पैसो कमाउन कति नै बेर लाग्ला र। यस्तै सोचाई थियो धेरै जनाको। 

घर बसेपछि झन् खान मन लाग्ने। सबै जना घरमा बसे पछि यो खाउँ र त्यो खाउँ भन्यो। गयो किनेर ल्यायो अनि खायो। पैसा भईन्जेल त आँट पनि आउने। किन्न जाँगर पनि चल्ने अव पैसा आउने बाटो बन्द भयो। भएको पैसा पनि घरको रेन्ट अनि खानाको जोरजाम गरेर सकिने बेला भयो। यो कथा हो बिवेकको । उनको मात्र होईन उसँगै बस्ने सबै साथीको स्थिती यस्तै छ।

सबै जना रेस्टुरेन्टमा काम गर्थे। रेस्टुरेन्टको काम ठप्पै भयो। काम खोजौ कता खोजौ न यो बेला अरु कामनै पाईन्छ। काम नगरौ अव के गर्ने। हिजो सम्म त केटाहरुसँग बसयो खायो तास खेल्यो चिल्याक्स थियो। अव भने  अत्यास लाग्न थाल्यो। 

नेपालबाट पैसा मगाउँ कसरी मगाउँ। उल्टै घर खर्च यतैबीट पठाई दिन्थे। भन्न त भन्छन् नि काम छैन भने पिर नमान है। गार्हो पर्यो भने हामीलाई भन्नु। खर्चबर्च छैन भने भन्न नहिच्काउनु नि। बा आमालाई त मायाँ हुन्छ। छोरा छोरी बिदेशमा छन् कतै भोकभोकै पो छन कि भन्ने। तर मैले घरको स्थितीपनि नदेखेको कहाँ छु र। आउँदा लागेको ऋणनै चुक्ता भएको छैन। यो बर्ष चाँही क्लियर पार्दिन्छु भन्ने सोच मनमा थियो। तर के आई पर्यो पर्यो। यो कोरोनाले मेरो मात्रै होईन धेरै म जस्ता सुन्दर भविस्यको सपना बोकेर आएकाको बिचल्ली पार्देको छ। 

फेरी लौ न त साथीभाईहरु मागेर यो महिना त चलाउन त भन्यो। तीन तीन सय भाडा तिरेर यो महिना त बसौला तर अब यस्तो परिस्थिती कहिले सम्म। न यसको रोकीने टुङ्गो छ न कामको नै ज्ञारेन्टी छ। 

यो ठाउँ भनेको कर्म गरेर खाने ठाउँ। हप्ता भरि काम गरेर अर्को हप्ताको योजना बनाउने ठाउँ। यति पैसा कोठा भाडा, यति रासन, यति चाँही बत्ती, पानी र ग्याँस, यति फोनको अनि यति चाँही बचत त्यो पनि कलेजको फीको लागि भनेर छुट्टाएर काम गर्ने हामीलाई अहिले आएर बिदेश खाउँ भने दिन भरिको शिकार नखाउँ भने कान्छा बाउको अनुहार जस्तै भयो। 

सबै थोक छोडेर फुत्त जाउँ एक त जान बाटो छैन। सबै लकडाउन छ। प्लेन चलेको छैन। फेरी जाम् नै भने पनि पछि फर्केर आउन पाउने हो कि नपाउने हो। भिषा के हुने हो त्यतै डर। जे पर्ला पर्ला नेपालनै बस्छु भनौ भने पनि त्यतिका लगानी, समय, आफ्नो परिश्रम खेर जाने।

यहाँ केही समय बसौ न त भनौ झन् ऋण माथि ऋण बढ्ने डर। जाम न त नेपाल भनौ भने जाने बाटो छैन। यता सरकारले गार्हो भए जाउ भन्छ। प्लेन चलेको छैन। उता नेपाल भन्छ अहिले जहाँ छौ त्यहि सुरक्षित बस। फेरी कलेजले अनलाईन कक्षा पढाउने भनेको छ। बानी नभएकोले होला अनलाईन कक्षा उही पढीस् भन्दा पढे जस्तो मात्र भएको छ। न  कलेजले फीको लागि केही राहत दिएको छ न कन्सल्टेन्सीहरुलेनै कुनै पहल। बोरु ठुला ठुला बिश्वबिधालयहरुले पहल गरेका होलान। तर यी सानातीना कलेजले खासै गरेको देखिदैन। कन्सल्टेन्सीले झन् के पहल गरुन् उनीहरुको कमिसनको बाटै बन्द हुन्छ।केहीले राहत भनेर बाँडेका होलान्। केहीले परिस्थिती अनुसारको उचीत राय सल्लाह दिएका होलान्। तर त्यो राहत र सल्लाहले यो बेला केही चल्दैन रहेछ। 

आखिरी यो बेला जताबाट पनि मारमा त बिधार्थीनै परेका छन्। चाहिने बेला सबैलाई हामीनै हो तर परेको बेला हेर्ने कसले।दुईचार दिनको राहत त पाईएला तर त्यो राहतले कहिले सम्म थेग्ने?? यो बिषयमा बोल्ने कसले? आवाज उठाउने कसले? रात पर्दै जान्छ त्यसै अत्यास लाग्छ।अब गर्ने के!!!!

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

Manoj Poudyal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

Manoj Poudyal