eNepal

आफ्नो देश फर्किन पाउँदा कति खुसी छन् यी अनुहारहरु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न नेपालले घोषणा गरेको लकडाउनमा फसेका ९० नागरिक बुधबार आफ्नो देश फर्किएका छन्। कतार एयरलान्सको चौथो र अन्तिम चार्टड उडानमार्फत उनीहरु काठमाडौंबाट म्युनिख प्रस्थान गरेका हुन्। उक्त उडान मार्फत ५० जर्मन नागरिक, १८ युक्रेन, २५ युरोपेली देशका गरि २ सय ९० जनाले नेपाल छाडेको नेपालस्थित जर्मन दूतावासको भनाइ छ।

योसँगै गत मार्च २७ देखि अहिलेसम्म करिब ८ सय जर्मन नागरिक स्वदेश प्रस्थान गरेका छन्। आफ्ना नागरिक स्वदेश फर्काउन पाएकोमा नेपालका लागि जर्मन राजदूत रोल्यान्ड शेफरले खुसी व्यक्त गरेका छन्। 

‘म र मेरा सहकर्मीहरु सुरक्षति घर पुगेकाहरुका तर्फबाट धन्यवाद प्रकट गर्न पाउँदा द्रविभूत भएका छौं,’ राजदूत शेफरले भनेका छन्, ‘तिनीहरु युक्रेन र इजरायलसहित जर्मन तथा युरोपीले नागरिक थिए।गत तीन महिनामा हजार भन्दा बढी जर्मन नागरिक नेपाल घुम्न आएका थिए। उनीहरुले आफूहरुलाई नेपाल मन परेको बताएका छन्। जर्मन दूतावासले बन्दाबन्दीमा फसेका आफ्ना नागरिकलाई सहयोग गर्ने होटेल संचालक, चालक र पदप्रदर्शकलाई समेत धन्यवाद दिएको छ। 

यता अस्ट्रेलीया र न्युजिल्याण्डका नागरिकहरुलाई पनि गएको हप्ता नेपाल ध्वजाबाहक नेपाल बायुसेवा निगमको चाटर्ड प्लेन मार्फत अस्ट्रेलीयाको ब्रीसबेनमा सफलता पूर्वक ल्याई सकेको छ। हाल सबै नागरीकहरु चौध दिनको क्वारेन्टाईनमा बसि रहेका छन्। अव छिट्टैनै आफन्तलाई भेट्ने प्रतीक्षामा छन्।

नेपालमा रहेका अन्य देशका नागरिकहरु पनि आफ्नो देश फिर्ता सुरक्षित साथ पठाउन नेपाल सरकार  लागि परेको छ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

Manoj Poudyal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

Manoj Poudyal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

Manoj Poudyal

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

Manoj Poudyal