eNepal

कोरोना भाईरसले महामारी लिदै गर्दा आमालाई नआत्तिन आग्रह गर्दै एक बिधार्थीले लेखे पत्र

आमा…! दर्शन ???,  के छ खवर ? तिमीलाई कस्तो छ ? आमा , दुख सुख गरेर घर भित्रै बस्नु है , बाहिर कुनै हालतमा पनि ननिस्किनु है | उता चिन तिरबाट कोरोना भन्ने रोग संसार भरि फैलिएको छ | सारा संसार नै पिडामा पिल्सिएको छ | पचास हजार भन्दा बढी ले संसार छोडिसके अनि दस लाख बढी जना लाई यो रोगको चपेटामा परे भन्छन | निकै पिर परेको छ तिमि त्यहा त्यसै त बुढी र रोगी छौ पहिले देखि तेस्माथी यो बिपत आइलाग्यो | अलि कति पैसा पठाउछु भन्न पनि आमा अहिले मेरो काम नै छैन | तिन साता भैसक्यो काम बन्द भएको | म पनि दिन रात कोठा मै बसेको छु | पैसा पनि सकिसक्यो | धेरै थोरै पुर्याएर खाएको छु | बाहिर जान सक्ने बातावरण पनि छैन | ठुलो दोधार मा छु आमा यो रासन सकियेसी के खाने होला ? कति दिन तिमीले खुवाई दिएको खाना सम्झेर भोकै रुदै दिन रात कटाउने होला | 

अस्ट्रेलिया सरकारले पनि हामी जस्ता बिधार्थीलाई केहि गर्न सक्दैनौ भनिसक्यो | आफ्नो खर्चखान बस्न को ब्यबस्था आफै  गर्न सक्दैनौ भने फर्केर आफ्नै देश जाउ भनिसक्यो ???| 

तिमी आफै भन त आमा म के गरु | यहाँको सरकारको यो समाचार सुन्दा म आफैलाई सम्हाल्न नै सकिन | घर , तिम्रो र बुढा बा को अनुहार अनि मेरो वर्तमान र भबिस्य सम्झेर एक्लै कोठामा भक्कानिए , धेरै बेर घोप्टो परेर सिरानीलाई अंगालेर रोए ??? | बास्तब मा म अस्ट्रेलिया आएर ठुलो गल्ति गरें जस्तो महसुस गरेको छु | घर न घाटको भएको छु | 

तिम्रो काखमा हुदा यताको सिन्को उता नसार्ने मैले , यहा आएर जुठा भाडा र दुनियाका फोहोरा टोइलेट ( चर्पी) पनि सफा गरेर म आएको १६ लाख ऋण तिर्न र आफ्नो खर्छ उठाउन सकिन | यहा को सरकारलाई के थाहा म एउटा गाउले नाथे को आर्थिक स्तिथी | बाउले दस नंग्रा खियाएर जोडेको खेतको टुक्रो पनि बैंक मा धितो राखेर , तिम्रो गलाको पोते बेचेर तिमीलाई सुख मा राख्ने सपना देखेको मान्छे म , यदि यो बन्द कोठामा भोक भोकै महाले भने पनि  मेरो लास गनाए पछि मात्र म मरे भन्ने थाहा पाउने छन् अर्को कोठामा बस्नेले ??? अनि म मरेको खवतिमीले थाहा पाउदा तिम्रो हालात कस्तो होला आमा | मेरो मुक्ति लागि भए पनि तिमीले आफुलाई सम्हाल है | 

बालाई पनि तिमीले मनाउनु पर्छ | मेरो जिन्दगि अर्थहीन भएको छ आमा | म साचै बिचल्ली मा परेको छु | 

सुनेको छु यो कोरोना भन्ने रोगले मान्छे मर्यो भने पनि लास छुन कसैले पाउदैनन रे | येदि तिमीलाई केहि भैहाल्यो भने | त्यसैले आमा आफ्नो निकै ख्याल गर है | हरेक साझ बिहान बेसार , जुवानो , अधुवा , लसुन पानि मा उमालेर तिमि नि पिउनु अनि बा लाई नि पिलाउनु है ???| 

तिमीलाई केहि भैहाल्यो भने त मैले तिमीलाई देख्न नि पाउन्न र अंगालेर अन्तिम पटक धित मारेर रुन नि पाउन्न | 

म यो प्रदेशमा जनतन प्राण धान्ने छु तिमीले आफ्नो राम्रो ख्याल गर्ने छु | हेरम आमा भाग्य ले कहाँ पुर्याउछ , अझै कति दुख दिन्छ | सके भने र अल्लि बातावरण सुध्रियो भने ऋण तिरेर तिमीलाई सुख दिने सपना पुरा गर्ने छु नत्र यदि येतै ज्यान फालिहाले भने पनि भाग्यको खेल यस्तै रैछ भनेर जीवन काट्नु | कहिल्यै नरुनु , सधै तातो पानी पिउनु | आफ्नो र बा को ख्याल राख्नु ..|

सम्पूर्ण प्रबासी नेपाली बिधार्थीमा समर्पित
माधव न्यौपाने बुटवल ( हाल :- मेलबर्न अस्ट्रेलिया )

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

Manoj Poudyal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

Manoj Poudyal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

Manoj Poudyal

के एउटा साथी छ त???

Manoj Poudyal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

Manoj Poudyal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349