eNepal

नेपाल ध्वजाबाहक हवाईजहाज अस्ट्रेलीया आयो भन्दैमा गर्धन पसार्नु पर्दैन

नेपालको राष्ट्रिय धोझाबाहक हवाईजहाज अस्ट्रेलीया आयो बनेर बढो बिगुल फुकिएको छ फेसबुकका भित्ता भरी। शिर चौडा भयो, छाती फराकिलो भयो रे। गर्भिलो ईतिहाँस रचियो भनेर पुरै चन्द्रमाको फेरो लगाएको जस्तो कुर्लिएका देख्दा उदेग लागेर आयो।

प्लेन आयो त्यो पनि पनि पहिलो पल्ट अस्ट्रेलीया। कसलाई लिएर आयो। अस्ट्रेलीयन नागरीकलाई। नेपालीलाई लिएर आयो त्यो पनि यतैका नागरिक भैसकेकालाई।अब यसमा गर्धन पसार्नु पर्ने केनै छ। 

लौ ठिकै छ यताबाट पनि नेपालीलाई बोकेर जाने भए त्यहाँ गर्व गर्नु पर्ने ठाउँ हुन्थ्यो। बिचरा कैयौ बा आमा आफ्नो जन्मभुमी जान नपाएर आत्तीएका छन्। आफ्नो आँगन नटेकी मरिन्छकी क्या हो भनेर त्राहीत्राहीमा घर भित्र बसेका छन्। उनीहरु कतिखेर जान पाउँला भनेर घडीको पला हेरर बसेका छन्। बाउ मरेर गए लाश त देखिएन देखिएन तर सँगै क्रिया गर्न सम्मबाट बन्चित भएकालाई त्यो प्लेनले बोकेर लैजान सकेन। आज त बाँडेको चामल र दालले पेट भरौला तर भोली कहाँबाट ल्याएर के खाने, पेट कसरी पाल्ने। बोरु टेक्न मात्रै पाए घरमै खोले खान्छु।भो यो बिदेश चाहिदैन, डलर कमाउनु छैन, जति ऋण लागे पनि बोरु बाँचिएछ भने तिरौला नि भनेर अत्तालिएका कैयौ बिधार्थी भाईबहिनीलाई आखिरी लैजान सकेन। 

आखिरी किन लैजान सकेन। भाईरस बोकेर आउँछ भनेर। आफ्ना नागरिकलाई अरु देशले प्लेन चाटर्ड गरेर उनीहरुको देश लैजादै गर्दा खै त हाम्रो देशको सरकारले आफ्नै देशको रास्ट्रिए ध्वजा फर्फराईएको हबाईजहाजमा आफ्नै देशका नागरिकलाई लैजान सकेन।के मिलेन कागज पत्र कि सित्तैमा लैजान पर्दा कमिसन पाईदैन भनेर पो हो कि।

अस्ट्रेलीयामा हेर्नुहोस् एयरपोर्टबाट सिधै होटेलमा लगेर क्वारेन्टाईनमा राखेको छ। यहि कुरो नेपालका होटलमा गर्न सकिदैन थियो कि। यहि बेला होईन आफ्ना जनतालाई हेर्ने। दुनियाँबाट सबैले आफ्नो देश फर्काएको समाचार हाम्रा नेताले नि पढे होलान्, हेरे होलान्। खै त हाम्रा सरकारले आफ्ना जनतालाई पख है हामी बन्दोबस्त गरेर तिमीहरुलाई लिन आउँछौ भनेको। उल्टै हुन्न हुन्न बोरु त्यतै बस यता नआउ है रोग सर्छ भन्ने हो!!

अर्को तिर नेपाल एयरलाइन्सको कमर्सियल विभागले बोन ट्राभल्ससँग मिलोमतो गर्दै आर्थिक हिनामिना गरेको विषय उजागर भएपछि अस्ट्रेलिया चार्टर उडान विवादित बनेको छ। हुँदाहुँदा यस्तो परिस्थितीमा पनि कमिसनकै चक्कर छ। कमिसनका लागि नै नेपाल एयरलाइन्सका कर्मचारीले सेटिङमा दूतावासबाट भएको चार्टरलाई बोन ट्राभल्समार्फत् गराएको भन्दै विरोध भएको छ। नत्र भने यो लिङ्कमा पढ्नु होस्।

https://nepallive.com/story/213543

फेरी कुनै व्यबसाहिक फ्लाईट भरेर अस्ट्रेलीया आएको पनि होईन। नेपाल र अस्ट्रेलीया बिच जुन दिन व्यबसायिक फ्लाईट हुन्छ त्यो दिन गर्व गर्दा स्वभाबिक हुन्छ। आश राखौ ताकि हामी आफ्नै हवाईजहाजमा नेपाल र अस्ट्रेलीया गर्न सकौ। होईन भने वाईट बडीको नाम बेचेर बामे सर्न खोजेको नेपाल बायु सेवालाई चुसेर, निचरेर, थलथलो बनाएर जिर्ण अवस्थामा रहेको नेपाल एयरलाईन्सबाट मोटाएका ढाडिएर भ्रस्टाचारको चरमउत्कर्समा पुगेकाहरुलाई देख्दा देख्दै कसरी हाम्रो छाती गर्वले फुल्छ। सँगै जन्मेको थाई एयरको स्थिती आज कहाँ छ अनि हाम्रो नेपाल एयरको स्थिती कहाँ छ आफै मल्याङकन गर्नु होस्। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

Manoj Poudyal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

Manoj Poudyal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

Manoj Poudyal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

Manoj Poudyal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

Manoj Poudyal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

Manoj Poudyal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349