eNepal

कोरोना भाईरसले यी प्रेमील जोडीलाई भेट्नबाट रोक्न सकेन

ईन्गा डेनमार्कमा बस्नुहुन्छ।कार्सटेन जर्मनीमा बस्नुहुन्छ। कोरोना भाइरस महामारीको बावजुद पनि उनीहरुलाई प्रत्येक दिन सीमामा एक अर्कासँग भेट्न अनि मायाँ साटासाट गर्न केहीले रोक्न सकेका छैन।

निश्चीत रुपमा दुरी राखेर उनीहरु दैनीक रुपमा भेट गरि रहेका छन्।

कोरोना भाइरसको प्रकोपबाट दुबै मुलुकको बिग्रँदो अवस्थाका कारण जर्मनी र डेनमार्कको सीमा लगभग पूर्ण रूपमा बन्द भएको छ। यद्यपि यसले उनीहरूको प्रेमलाई रोक्न सकेको छैन।

पचासी बर्ष उमेरका ईङ्गा रास्मुसेन र उनासी बर्ष उमेरका कार्सटेन तुच्छेन प्रत्येक दिन कुराकानी गर्न, खाजा खाने, केही बिस्कुट बाँड्न र कफीको फ्लास्क पीउन भेट गर्छन्।

सामान्यतया उनीहरू अँगालो हाल्छन्, चुम्बन र अंगालो हाल्छन् तर सेल्फ आईसोलेसनले भने अहिले तिनीहरू आफ्नो दूरी राख्दै एक अर्का बिच मायाँ साटी रहेका छन्।

दुवै जना रातो र सेतो रंगको सिमाबारको पछिल्तिर बसेर आफ्ना समय कटाउँछन्। उनी हरुले घरबाट साथमा कुर्सी लिएर आउँछन् एभेन्टोफ्टको बन्द बोर्डर क्रसिंगमा प्रत्येक दिन भेला हुँदै आएका छन्।

ईन्गा र कार्सटेन छिट्टै प्रतिबन्ध हट्ने र फेरि सगै यात्रा गर्ने आशामा छन्। 

यो समाचार DW.com बाट साभार गरिएको हो

Photo: picture/alliance/dpa/F.Molter

Related posts

लक्ष्यमा अडिग रहुनहोस्, बरालिनु भएन भने सफलता अवस्य मिल्नेछ – वकील अजय शर्मा (मेल्बर्न)

Manoj Poudyal

यसरी सुरु भएको थियो अस्ट्रेलीयाको मेरो यात्रा

Manoj Poudyal

धनी र सुखी बन्न केही सुत्रहरु एसियाकै धनी ब्यक्ति ज्याकमाबाट केही सिक्नेकी!

enepal

बैंकको जागीर छोडेर कृषि पेसामा सफलता

enepal

समाजसेवामा उदाहरणीय बनिन् संगीता शर्मा

enepal

सानै उमेरमा संगीता शर्मा उदाहरणीय बनिन् समाजसेवामा

enepal

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349