eNepal

नेपालमा कोभीड १९ बाट बञ्चित पर्यटकहरूलाई उनीहरूको देशहरूमा फिर्ता लैजादै

नेपालको कोरोना भाइरस नियन्त्रण उच्च-स्तरीय टास्क फोर्सले तालाबन्दी अर्को हप्ता सम्म विस्तार गर्ने निर्णय गरे लगत्तै उद्धार उडान मार्फत नेपालमा रहेका पर्यटकहरूलाई सम्बन्धित दूतावासहरूहरुसँगको सहकार्यमा आफ्नो देशहरूमा फिर्ता पठाउने तयारी भई रहेको छ।

हालसम्म फ्रान्सेली र जर्मन दूतावासहरूले आफ्ना नागरिकहरू लगायत अन्य युरोपियनहरूलाई दोहा हुँदै कतार एयरवेज मार्फत उडान गर्न काठमाडौंमा तयारी अवस्थामा राखेको छ। अष्ट्रेलियाली दूतावासले पनि नेपाल एयरलाइन्स एयरबस A303 चार्टर गरेर १ अप्रिलमा सिड्नीको सिधा उडानमा आफ्ना नागरिकहरूलाई ल्याउने बताएको थियो तर अन्तिम समयमा  होटलमा चौध दिन अनिबार्य बस्न पर्ने अस्ट्रेलीयन सरकारको नियम र सिड्नीमा होटेलको अभाव जनाउँदै सिड्नी नआईकन ब्रिसबेन लैजाने तयारी रहेको बताईएको छ। 

त्यस्तै लुक्ला, पोखरा र अन्य क्षेत्रहरुमा रहेका बेलायतीहरुलाई जम्मा गरेपछि बेलायती दूतावासले दोहा उडानको पनि व्यवस्था गर्दैछ भने नेपाल एयरलाइन्सले ७  अप्रिलमा काठमाडौंबाट कोलम्बो जाने सिधा उडानमा श्रीलंकारा पर्यटकहरू लैजाने तयारई गरि रहेको छ।

नेपालमा लकडाउन शुरू भएदेखि हालसम्म १२५५ पर्यटकहरू हवाईले वा सडक माध्यम प्रयोग गरेर काठमाडौं ल्याइएको थियो, जसमध्ये आधा सगरमाथा क्षेत्रबाट ल्याई सकेको छ।ती मध्ये धेरैले पहिले नै आफ्नै देशका उडान लिई सकेका छन्। ति मध्य ९०० भन्दा बढी युरोपियन रहेको बताईएको छ।

नेपाल पर्यटन बोर्डका धन्जय रेग्मीका अनुसार जापानी, क्यानाडाली र श्रीलंकाकी पर्यटकहरु जस्तै अन्य राष्ट्रका पर्यटकहरु पत्ता लगाउन खोजि कार्य जारी रहेको र उनीहरूलाई उनीहरूको आफ्नै देशहरूमा पठाउने उपायहरू फेला पार्दै गरेको बताउनु भएको छ। 

सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषित गरिए सँगै पर्यटकहरुको ओईरो लागेको थियो तर यो महामारी आएसँगै आएका पर्यटकहरुलाई आफ्नो देश फर्काउन नेपाल सरकार, पर्यटन बोर्ड तदारुक्ताका साथ लागेको छ। नेपालमा अझै पनि ६०० क्यानेडियनहरू रहेको आङ्कलन गरिएको र तिनीहरूलाई फिर्ता लैजाने प्रयासहरू भइरहेको पनि जानकारी गराएको छ। 

Related posts

Online Gambling Enterprise Slot Machines: The Ultimate Guide

अविलास

Understanding High Cholesterol: Reasons, Results, and also Management

अविलास

Exactly how to Detox Your Body: A Comprehensive Overview

अविलास

अविलास

Experience the Thrill of Free Live Roulette Gamings

अविलास

The Very Best Actual Cash Casinos: Your Overview to Online Gambling

अविलास

Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/enepal/public_html/wp-includes/functions.php on line 5349